ई – दिशानिर्देश

सडक निर्माणमा किन अवरोध हुन्छ ?

३१ बैशाख २०८०, आईतवार
सडक निर्माणमा किन अवरोध हुन्छ ?

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० बैशाख
शान्ति निकेतन स्कुलदेखि राम मन्दिर सम्म उपभोक्ताहरुको सहमतिले सडक १० मिटर चौडा गर्ने र दुवैतर्फ नाली बनाउन
पहिलो पटक करिव पाँच सय मिटरमा काम चालु भई शान्ति निकेतन स्कुल र स्कुलको पुर्वतर्फको सडकमा नाली बनिसकेपनि स्कुलको पुर्व दक्षिणतर्फको काम अधुरै छ, ठेकेदार पनि हाल काममा देखिदैन । पीच सडकमा धुलो
र पानी पर्दा हिलोले गर्दा हिडन नै नहुने भएको छ । यो बाटो निर्माणमा नाली बन्न करिव ५०/६० मिटर मात्र बाँकी रहेको छ । यदि कसैको विवादले हो वा ठेकेदारको लापरवाहीले हो भीमदत्त नगरपालिका तथा वडा नं. ६ को सक्रियता बढोस र जनताको सहयोग चाहिन्छ भने हामी जे पनि सहयोग गर्न तयार छौं भन्छन स्थानीय डम्बरदेव भट्ट ।
अन्य उपभोक्ताहरु सहमति भैसकेपछि अन्तमा आएर किन सडक निर्माणमा अवरोध भयो त्यस बारेमा भी.न.पा.को यथासिघ्र ध्यान जानुपर्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh