ई – दिशानिर्देश

सुपको बैतडीमा यात्री छैन कि नेता छैन, किन हुन्छ जहाज सर्वेमा धाधली ?

१४ जेष्ठ २०८०, आईतवार
सुपको बैतडीमा यात्री छैन कि नेता छैन, किन हुन्छ जहाज सर्वेमा धाधली ?

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ जेठ
आज भन्दा करिव ५० वर्ष पुर्व देखि सञ्चालनमा रहेको पाटन बैतडीको विमानस्थल सर्वप्रथम त माओवादी अग्रगामी नेताहरुले टावर जलाएर १०/१२ वर्ष अवरोध गरे भने माओवादीले प्रत्यक्ष हत्याहिंसा छोडेपछि बैतडीको पाटनमा रहेको पुरानो हवाई मैदान कर्नालीबाट बालुवा गिट्टी लगेर पक्की बनाई हाल टर्मिनल पनि तयार भैसकेको छ । त्यस क्षेत्रमा जहाज चलाउन यात्रीहरुको संख्यामा सम्झौता गरी पाटन खोल्सीका साधारण व्यक्ति कृष्णदत्त भट्टले जिम्मा लिएका थिए तर विमान मालिकहरुले नियमितता नदिदा कुनै बेला सवारी यात्रीहरु नपुग्ने हुँदा विमान मालिकले हैन कि कृष्णादत्त भट्टले घाटा व्यहोर्नुपर्ने अवस्था आउँदा सम्झौताबाट हात झिकेको एक वर्ष भन्दा बढी भयो तर त्यहाँ अरु कसैले पनि पहल गरेनन् त्यहाँको जिल्लामा १०/११ पालिकाहरु छन एक संघका र बाँकी प्रान्तका सांसद पनि छन तर पंचायतकालमा समेत निर्विवाद रुपमा सञ्चालनमा आएको जहाज सेवाबाट बैतडी दार्चुला र केही बझाङका बासिन्दा समेत बन्चित रहेका छन । बैतडीमा नेताहरुमा प्रधानमन्त्रीसम्म भएका छन र हाल मन्त्री पनि पाटनकै व्यक्ति भएका छन । पक्की हवाई मैदान बनाई सकेर पनि नेताहरुको धाधलीले गर्दा बैतडी पाटनमा हवाई सेवा बन्द गरि बैतडीका जनतालाई नेताहरुले सर्मिन्दा बनाएका छन ।
प्लेनबाट आवत जावत गर्ने पर्यटक तथा विरामी, जेष्ठ नागरिकहरुले पचास वर्ष पहिले देखि पाएको सुविधाबाट बन्चित भएका छन । त्यहाँका वर्तमानका नेता तथा मन्त्री पुर्व पदाधिकारीहरु समेत मौन छन । यात्री पाईदैनन् भन्ने बहानाबाजी गरी रहेका छन यदि कुनै हप्ता नविराई जहाज सेवा सुरु हुने भए त्यहाँ सवारी यात्रीको कमी रहने छैन । बैतडीका नगरपालिका, प्रदेश सांसद, मन्त्री तथा मुख्यमन्त्री र संघका सांसद माननीय मन्त्रीले पहल गर्नु पर्छ । यदि पहल गर्ने हैन भने यिनीहरुको कुनै अस्तित्व छ भनेर हामी कसरी भन्न सक्छौं भन्छन पाटन तथा बैतडीका जनताहरु । हाम्रो विचारमा बैतडी जिल्ला नेता विहिन भएको त हैन भन्नु हुन्छ विर सिंह ढुङ्गाल ।
विरामी बृद्धहरुलाई पाइएको सुविधा वर्तमानका नेताहरुले खोस्न पाउँदैनन् र जिम्मा लिनुपर्ने धारणा व्यक्त गर्छन पृत बहादुर विष्ट ।
त्यसैगरी सुदूरपश्चिममा बैतडी, दार्चुला, डडेलधुरा र बझाङको केन्द्र भाग पाटनमा रहेको बैतडी विमानस्थल सञ्चालनमा नआउँदा यहाँका नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ भने सुदूरपश्चिमको पर्यटन विकासमा समेत धक्का लागेको छ ।
२०३२ सालदेखि निर्माण सुरु भएको बैतडी विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको थियो ।
तर २०५२ सालदेखि उक्त विमानस्थलबाट हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रूपमा ध्वस्त बनाएको थियो । मध्य पहाडी लोकमार्गमा पर्ने स्थानमा १० वटा अत्याधुनिक शहर निर्माण गर्ने सरकारको योजना अन्तर्गत बैतडीको पाटन पनि छनौट गरिएको थियो । त्यसपछि पुनः सञ्चालनको योजना सहित २०७३ सालमा ११ करोडको लागतमा विमानस्थलको धावनमार्ग, टावर र कार्यालय पुनर्निर्माणको सम्झौता भयो । २०७७ असोजदेखि आंशिक रूपमा बैतडी विमानस्थल सञ्चालनमा आयो पनि । डेढ वर्षसम्म निजी एयरलाइन्स समिट एयरले साप्ताहिक रूपमा धनगढी–पाटन–धनगढी उडान भ¥यो । यात्रु अभावको कारण देखाउँदै २०७८ चैत १० गतेयता उडान नभरेपछि विमानस्थल पुनः बन्द भएको छ ।
जुन बेला विमानस्थलको धावनमार्ग कच्ची थियो, त्यस बेला साताको दुई वटा उडान नियमित रूपले हुने गरेको पाटनका स्थानीय बताउँछन । विमानले सकभर दैनिक, नभए एक दिन बिराएर पनि उडान भर्ने हो भने दुःख बिरामी परेकादेखि अन्य सबैले सेवा पाउन सक्ने थिए ।
आपत्कालीन अवस्थामा उपभोग गर्न पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत त्यहाँका बासिन्दा वञ्चित भएका छन् । २०७८ भदौदेखि निर्माण सुरु गरिएको टर्मिनल भवन समेत चार करोड ९७ लाख रुपैयाँ लागतमा बनिसकेको छ । बैतडी विमानस्थलमा २० मिटर चौडाइ र पाँच सय ८० मिटर लम्बाइ रहेको धावनमार्ग छ । उक्त धावनमार्ग अहिले खेलकुद, सवारी साधन सिक्ने र टिकटकलगायत भिडियो बनाउने ठाउँका रूपमा परिणत भएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh