ई – दिशानिर्देश

कञ्चनपुरका पालिकामा यस्तो छ बजेटको अवस्था

२१ जेष्ठ २०८०, आईतवार
कञ्चनपुरका पालिकामा यस्तो छ बजेटको अवस्था


दिशानिर्देश समाचार
महेन्द्रनगर, २० जेठ
आगामी आर्थिक वर्ष २०८०/८१ मा कञ्चनपुरमा रहेका ७ नगरपालिका र दुई गाउँपालिकालाई ३ अर्ब ८२ करोड ८२ लाख रुपैया बजेट पाएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्षको बजेट भाषणमा उक्त बजेट कञ्चनपुरको लागी छुटयाईएको थिए ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ का लागी सबै भन्दा बढी बजेट भीमदत्त नगरपालिकाको रहेको छ । भीमदत्त गरपालिकालाई ७८ करोड ७३ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । जिल्लामा सबै भन्दा कम बजेट बेलडाँडी गाउँपालिको रहेका छ । उक्त पालिकामा २५ करोड १३ लाख पाएको छ । यस्तै क्रमशः लालझाडी गाँउपालीकामा २६ करोड ८० लाख, कृष्णपुर नगरपालिकामा ४४ करोड १८ लाख, पुर्नवास नगरपालिकामा ४४ करोड ८३ लाख पाएको छ ।
यसैगरी, वेदकोट नगरपालिकामा ४४ करोड ५९ लाख, बेलौरी नगरपालिकामा ४४ करोड ९० लाख, दोधारा चाँदनी नगरपालिकामा ३४ करोड ३६ लाख, र शुक्लाफाँटा नगरपालिका ४० करोड ३२ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । साथै जिल्लामा रहेको बिभिन्न योजनाहरुमा पनि बजेट विनियोजन गरिएको छ । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने, एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, कन्टेनर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नति लगायतका व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उल्लेख भए पनि बजेट खुलाइएको छैन् ।
यस्तै, महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड विनियोजन गरिएको छ । दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिको लागि ३० करोड रकम छुट्याएको छ । कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको दुई हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन शाखा नहर निर्माण कार्य अगाडि बढाइनेछ । सो आयोजनाका लागि एक अर्ब १७ करोड बजेटको व्यवस्था गरिएको छ । त्यस्तै महाकाली नदीमा हुने जोखिमयुक्त तथा पहिरोको नियन्त्रण तथा व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गरिएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा पनि निम्न अनुसार बजेट विनियोजन गरिएको छ ।
चार नगरपालिका र ५ गाउँपालिका रहेको बाजुराले दुई अर्ब ५१ करोड २५ लाख, दुई नगरपालिका र १० गाउँपालिका रहेको बझाङले तीन अर्ब ७५ करोड १५ लाख, दुई नगरपालिका र ७ गाउँपालिका रहेको डोटीले तीन अर्ब ५ करोड ३२ तथा चार नगरपालिका र ६ गाउँपालिका रहेको अछामले तीन अर्ब ६६ करोड ८५ लाख प्राप्त गरेको छ ।
त्यस्तै दुई नगरपालिका र ७ गाउँपालिका रहेको दार्चुलाले दुई अर्ब ९१ करोड ८२ लाख तथा चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीले तीन अर्ब ७० करोड ८२ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै दुई नगरपालिका र ५ गाउँपालिका रहेको डडेल्धुराले दुई अर्ब २७ करोड १६ लाख, तथा एक उपमहानगर, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीले ६ अर्ब दुई करोड ६४ लाख बजेट प्राप्त गरेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh