ई – दिशानिर्देश

सडक राजमार्ग किन भत्काएको ?

३ असार २०८०, आईतवार
सडक राजमार्ग किन भत्काएको ?

दिशानिर्देश समाचार
महेन्द्रनगर, २ असार
कञ्चनपुरको गड्डाचौकी रोडमा जथाभावी सडक भत्काउँदा दुर्घटनाको उच्च जोखिम रहेको छ । दिनहुँ भीडभाड व्यस्त रहने सडकमा यसरी लामो समयसम्म सडक भत्काएर निर्माण नगरिदा जनताले सास्ती खेप्नु परेको स्थानीयको दुखेसो छ । यसबारेमा प्रशासनले पनि हेर्नुपर्छ भानुचोक देखि गड्डाचौकीसम्मका पुल विस्तारको लागी जग कसरी
राखेका छन र नहरदेखि गड्डाचौकी जाने राजमार्गको दक्षिणतर्फको भाग उत्खनन् गरेको लामो समय भैसक्यो,सवारी पइदल आवतजावत गर्न कति कठिन भएको छ प्रत्यक्ष त्यहाँ गएर हेर्न सकिन्छ । दुर्घटनाको जोखिम पनि अत्यन्त बढी छ । सडक पीच बनोस नबनोस तर ग्रावेल गरेको ठाउँमा रुलर लगाएर साइकल, पइदल जानुपर्ने हुँदा लायक बनाउन लगाउनुपर्ने स्थानीयको माग रहेको छ । यसरी लामो समय वितिसक्दा समेत सडक नबनेकोले सम्बन्धित पदाधिकारीले ध्यानदिनु जरुरी छ । सडक विभाग र जिल्ला प्रशासनले सो राजमार्ग प्रति ध्यान दिई सम्बन्धित पक्षबाट निर्माण गराउन यहाँ स्थानीयले अनुरोध गरेका छन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh