ई – दिशानिर्देश

विपी कोइरालाले देह त्यागेको दिन २०३९ श्रावण ६ गते

८ श्रावण २०८०, सोमबार
विपी कोइरालाले देह त्यागेको दिन २०३९ श्रावण ६ गते


सर्वप्रथम स्वर्गीय विपी कोइरालाप्रति श्रृद्धासुमन हार्दिक श्रद्धाञ्जली । विपीलाई इन्दिरा गान्धीले पुष्पकमल दाहालको जस्तै फन्दामा पार्न खोजे पनि उनी बचेर नेपाल फर्केका हुन जव नेपाल फर्कन लागेको कुरा थाहा पाए इन्दीराले बोलाउन खोजे तर विपीले नभेटेर नै पटना हवाई मैदानमा आई नेपाल फर्के केवल नेपाल बचाउने उद्देश्य मात्र थियो, देशी विदेशी षडयन्त्रले राजसंस्था हटाई नेपाललाई सिक्किमीकरण बनाउने खेल बुझी राजा नेता जनतामा मेलमिलाप एकिकरण रहेमा मात्र नेपाल रहने नत्र सिक्किमीकरण गरिने खतरा हुँदा राजाको घाटी माथि मेरो घाटी छ भन्ने नारा नै लगाई २०३६ सालको जनमत संग्रहमा भाग लिएका हुन तर निर्वाचनमा सहभागी हुन नपाउँदै विरामी भई उपचारको लागी अमेरिका जानु भयो । राजा सित भेट गर्न नदिने र राजालाई पनि सबै सित भेट गर्न नदिने तल्लो निकायको षडयन्त्र त पहिले देखिको रहेछ तै पनि राजा विरेन्द्रले विपीलाई भेटन दरबारमा बोलाएपछि कसैले पनि इन्कार गर्न सकेन र राजा विपी भेटवार्ता भयो । विरामी हुँदा उपचार गराउन भारत जाने जानकारी विपीले गराउँदा भारत भन्दा अमेरिका ठीक हो उतै जाउ भन्दा खर्चको समस्याबारे चिन्ता नगर्न राजाबाट संकेत पाई अमेरिका गए ।
विरामी निको भए पनि उपचाररत रही रहनुपर्ने हुँदा हामी उपचारमा सहयोग गर्छौ अमेकिरामा नै बस्ने सिनेटरले आग्रह गरेपछि विपीले भनेका थिए उपचारपछि म फर्कन्छु भनि राजा सित बाचा बोलेको छु नेपाल नै फर्कन्छु भनि नेपाल आए तर दुर्भाग्यवस राजा र विपी मिली देश चलाउने सौभाग्य पाएन । जनभावना

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh