ई – दिशानिर्देश

पार्क गौचरन किघास काट्ने मेलाको हो यसको संरक्षक ?

३० श्रावण २०८०, मंगलवार
पार्क गौचरन किघास काट्ने मेलाको हो यसको संरक्षक ?


दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ साउन
महेन्द्रनगर बजारको दक्षिण तर्फ यौटा पार्क छ जो पार्क पञ्चायत रजत जयन्तीको समयमा बजार क्षेत्रका व्यापारीहरुको सल्लाह गरी महेन्द्रनगर नगरपालिकाका त्यसबेलाका मेयर धर्मराज जोशीको कार्यकालमा बनाएको भए पनि पार्क निर्माणको विशेष भूमिका भने अञ्चलाशीधको थियो र सल्लाहकार दानसिंह रावल, इश्वरी प्रसाद शास्त्री, केएफ नाहाटा लगायतका प्रमुख व्यक्तिहरु थिए । निर्माण गर्दा केडीसी कोरियन ठेकेदार जसले नहर निर्माणको काम गरेका थिए उनको विशेष भौतिक निर्माण सहयोग थियो । निर्माण कार्य ३ सिप्टमा द्रुत गतिमा चलाएकोले एक महिना भित्रै पुरा काम सम्पन्न भएको थियो । नहरका कोरियन ठेकेदारबाट कुनै पनि स्थानीय पदाधिकारीले कमिसन लिएनन्, बरु पार्क निर्माणमा केही ठूलो सहयोग
गरेका थिए ।

पंचायत रजत स्तम्भ जो आज जिर्ण भएको छ । यो नेपाल राष्ट्रको सम्पत्ति हो गत वर्ष मर्मत गरेको भनेर वडा नं. १८ ले खर्च देखाएको भए पनि बनाएको छैन, बरु सरस्वती मन्दिरको निर्माण गर्न खोजेको थियो त्यो पनि
सकेन । छाना उखेल्ने काम मात्र ग¥यो र छतमा प्लाष्टिक राखेर छाड्यो यस वर्ष भने सरस्वती मन्दिर मर्मत भएको छ । पार्कको केही भाग फोटोमा देखाएका छौं ।


यो पार्क गौचरण या घास पाल्ने र काट्ने मेलापात गर्ने ठाउँ हो ? पार्कमा फुलहरु, दुबो, प्राकृतिक सुन्दर विरुवा जस्ता धेरै थोक हुनुपर्नेमा केही पनि छैन । त्यहाँ लगाएका रुख काटी तथा घास बेची पैसा लिने काम मात्र गरेको छ भने अर्को खराब कुरा हो नाम बदल्ने इतिहास मेटाउने रजत स्तम्भको टुप्पमा रुख जमेको छ भने चौतारामा लगाएका मार्वल पनि झिकेका छन, त्यहाँ दिउसो पैसा असुल्ने मानिस हुन्छ राती गेट बन्द हुन्छ । तारबार छ किन कसरी कति बेला तोडफोड गरे थाहा हुनुपर्ने थियो भएन । पार्क पाठक समक्ष राखेका छौं के पार्क यस्तै हुनुपर्ने हो ? भीमदत्त न.पा.ले यौटा पुरानो पार्कलाई व्यवस्थापन गर्न खोजेको छैन, सकेको वा जानेको छैन भने बाँकी के कुरा गर्नु । पार्क पैसा कमाउने थलो मात्र हैन सेवादायी स्थान हो, पार्कमा कम्तीमा पनि २ जना माली र एक जना व्यवस्थापक कर्मचारी राखेर काम तोकी दिनु पर्छ । पर्यटक पार्क अवलोकन गर्नेबाट प्राप्त रकमले नभ्याए जति न.पा.ले थपी त्यसको व्यवस्थापन गर्नुपर्छ । नाफामुलुक नसम्झी केवल सेवामुलक सोची जनचाहनामा चोट पु¥याउनु हुदैन । पार्क जनताको हो व्यवस्थापन मात्र नगरपालिकाको हो भनि आफ्नो दायीत्व पुरा गर्नुपर्ने जनगुनासा छन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh