ई – दिशानिर्देश

सक्षम, निडर इमान्दार नेतृत्वको कमि किन हुन्छ ?

२५ मंसिर २०८०, सोमबार
सक्षम, निडर इमान्दार नेतृत्वको कमि किन हुन्छ ?

नेपालले राजा महेन्द्रको कार्यकाल छोडेर कहिले पनि सक्षम, निडर, इमान्दार नेतृत्व पाउन सकेको भए नेपालले आज दिन दुई गुणा रात चौगुणा विकास गर्ने थियो । नेपालमा कछुवा र खरायोको जस्तो दौडले देशको विकास हुँदैन । जव कलमबाट गरिने काम बन्दुकबाट गर्न खोजिन्छ जनता र अवश्य नै भ्रममा पर्ने नै भए जव आफ्ना विश्वासी नेताहरुले बढाई चढाई गर्छन पत्याई हाल्छन, एक पचास रुपैयाको कलमबाट दुइ सय मूल्य पर्ने रजिष्टरमा लेखेर गर्न सकिने यति सानो जावो कामको लागी १७ हजार भन्दा बढीको ज्यान गुमायो स्कुल पढीरहेका विद्यार्थीलाई अभियानको रुपमा गाउँ गाउँ घुमाई सरकार सित ढाल बनाई जीवन वर्वाद ग¥यो केवल नाम फेर्न गाउँ पंचायतको नाम फेरी गा.वि.स. र गाउँ नगरपालिकाको नाम बदलिने काम भयो । गाउँमा अधिकार थोरै थोरै त पहिले देखि दिएकै थियो कछुवाको दौड जस्तो थियो पछि खराएको दौडमा पुग्यो नथाकेसम्म त ठीक छ तर बीचमा खाने दलाल प्रान्तीय राज्य छ उसको के काम छ पालिकाहरुको काममा भाजो हाल्ने काम बाहेक अरु के छ प्रान्त मार्फत पालिकाहरुले पाउने सहयोग सोझै दिए त भैहाल्छ भन्ने जनताको सोच पनि छ । पाएको भीख पनि आधा बाटोमा नै रहेर आधा मात्र पालिकामा पुग्नु राम्रो भएन । पार्टीहरुको भागवण्डाको लागी र कार्यकर्ता पाल्न ठीक छ तर जनताको पसिना लु्ट्नु ठीक छैन इमान्दार निडर सक्षम नेतृत्व हामीले पाएनौं र देशको स्थिति खस्कीएको छ ।
जसरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निडर इमान्दार निश्पक्ष देखिएका छन । उनी जस्तै यो देशमा २०÷२५ जना मात्र भए पनि देश तह लाग्न्थ्यो । यदि दिमागदार इमान्दार नेपालको हित सोच्ने भई दिएको भए परस्पर सल्लाह गरी देश चल्ने थियो न कि दिल्ली दरबारको इसारामा आज देशको अवस्था के भयो तपाई हामी सबलाई थाहा छ भोगेका पनि छौं । देशको स्थितिको सही चित्रण सम्म गरिदिने आज हामी सित कोही छैन । जनभावना
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh