ई – दिशानिर्देश

देशका नागरिकहरुले समान अधिकार पाउनुपर्छ

२५ मंसिर २०८०, सोमबार
देशका नागरिकहरुले समान अधिकार पाउनुपर्छ

हामीले पालिकाको हिसावले नभई राष्ट्रको हिसावले सबै नागरिकले समान अधिकार पाउनुपर्छ । राष्ट्रमा भएका हरेक नगरपालिकाको आफ्आफ्नै नियम कानून छ जस्तै शिक्षा ऐन नागरिकले पाउने सुविधाहरु यी सब एक नासका छैनन् । सबै जिल्ला पालिकाहरुका नागरिकलाई समान अधिकार हुनुपर्दछ । जन्मदर्ता, मृत्यु दर्ता तथा अन्य सिफारिसमा समेत एकरुपता
छैन । पालिका त अलग अलग हुन तर देश त यौटै हो नी पालिकाहरुले पहिले शिक्षा क्षेत्रको सुधार गरी एकरुपता ल्याउनु प¥यो । एकै पालिकामा रहेका विद्यालयहरुको अवस्था एक नास छैन ।
शिक्षक दरबन्दी एकिन गरिएको नभई, राहत बाल विकासको नामबाट शिक्षकहरु छन न्यूनतम वेतन दिएको छैन । विद्यालयहरुको निरीक्षण अनुगमन गरेको रेकर्ड छैन । नगरपालिकाहरुले एक अर्को ऐन सित बाझिने गरी ऐन नियम पनि बनाएका प्रमाणहरु धेरै छन त्यसको खोजी गर्न कानून विज्ञको आवश्यक छ । नागरिक, व्यापारी उद्योगीहरुले नेपालको कानून बमोजिम फर्म, संस्था दर्ता गरी सकेको भए पनि धेरै पालिकाहरुले आफ्नो पालिकाहरुमा पुनः व्यवसाय दर्ता गर्ने गरेको पाइन्छ । एक ठाउँमा दर्ता भई सकेको फर्मलाई पुनः दर्ता गराउने नियम प्राकृतिक नियम र नियत संगत हुदैन । आजका युवाहरु झन्झटबाट मुक्त हुन चाहन्छन । जसरी प्राईभेट फर्महरुको दर्ता गर्न कानूनले कम्पनी रजिष्टारको कार्यालयलाई दिएको छ र गरी पनि रहेको छ ।

त्यस्तै घरेलु उद्योग कार्यालयमा दर्ता भएका फर्महरु पुनः न.पा.मा व्यवसाय दर्ता गर्नु पनि युक्तिसँगत देखिदैन । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था महालेखा परिक्षकको विभागमा दर्ता भएका लेखा परिक्षण संस्थाहरु, त्यस्तै मूल्य अभिबृद्धिमा आन्तरिक कार्यालयमा दर्ता भएका फर्महरु पुनः पालिकामा दर्ता गर्न नियम नियत संगत छैन । राजश्व कार्यालयमा दर्ता भएको पानबाट नै यदि पालिकाले कर लिनु पर्ने भए ठीक छ नत्र जिल्लामा अरु निकाय किन चाहिए घरेलुको काम पनि पालिकाहरुले गरे भैहाल्यो कर लिनकै लागी हो भने कही दर्ता नभएका फर्महरुलाई मात्र पालिकाले दर्ता गर्ने या अरु ठाउँमा दर्ता भएका फर्महरुलाई खारेज गरी पालिकाले दर्ता गर्न पाउने व्यवस्था भए ठीक छ दोहरो तेहरो दर्ता गर्ने नियम बनाएको भए खारेज हुनुपर्छ तर पालिकाहरुले पाउनुपर्ने नियम संगत आयको आधारमा आन्तरिक राजश्व कार्यालय सित सम्पर्क राखी कर लिनुपर्ने व्यवस्था गर्न पाउनु पर्छ । आयको हकमा केन्द्रीय र स्थानीय दुवैले लिन पाउने व्यवस्था हुनुपर्छ केवल दोहरो तेहरो दर्ता भने अवस्य बन्द हुनु पर्दछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh