ई – दिशानिर्देश

इतिहास मेटाई द्वन्दको सुरुवात हुने काम गर्नु हुदैन

२५ मंसिर २०८०, सोमबार
इतिहास मेटाई द्वन्दको सुरुवात हुने काम गर्नु हुदैन

करिव माओवादी द्वन्दकै समयमा महेन्द्रनगर बजारमा रहेको राजा महेन्द्रको शालिक महेन्द्र स्मारकबाट राती झिकेर विद्रोही पक्षले वेपत्ता पारेको धेरै समय हुँदा पनि सो ठाउँमा राजा महेन्द्रको शालिक पुनस्र्थापना गर्ने काम कसै पक्षबाट भएको पाइएन । हाल ४/६ दिन पुर्व सुन्नमा आयो सो सालिक टुटेको स्थानमा राजा महेन्द्रको शालिकको पुनस्र्थापना यहि २८ गते मंसिरमा राप्रपको संयोजकत्वमा जनताले
राख्दैछन भन्ने सुन्नमा आएको थियो । त्यही बारेमा दलहरुको असन्तुष्टि र शालिक भएको स्थानमा शालिक राख्न नदिने भन्ने विवादित कुराहरुले समाजमा बैमनस्यता फैलिई अशान्ति मात्र हैन द्वन्दको सुरुवात हुन सक्ने कुरालाई ध्यानमा राखी जसरी काठमाडौं तथा अन्य ठाउँमा राणा प्रधानमन्त्री जंगबहादुरका शालिकहरु आजसम्म जिवित राखी इतिहास जोगिएको छ ।
त्यसैगरी इतिहास नमेटियोस भनेर राजा महेन्द्रले समेत कुनै पनि राणा सरकारका शालिकहरु तोडेनन् र नामहरु हटाएनन् जस्तै वीर शम्शेरको पालामा बनेको वीर अस्पताल, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय जस्ता कुनैको नाम पनि परिवर्तन भएन । सुपमा मात्र इतिहास मेटाउने काम किन भैरहेको छ । आज राजा महेन्द्रको शालिक तोडी हटाई त्यो स्थानमा अरु थोक राखी इतिहास मेटाउने काम गर्नु उपयुक्त नभएकोले सो ठाउँमा राजा महेन्द्रकै शालिक राखी इतिहास जोगाउनु पर्ने हाम्रो ठहर छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh