ई – दिशानिर्देश

संविधान चोक महेन्द्र चोकमा हैन बानेश्वर चोकमा राख

१ पुष २०८०, आईतवार
संविधान चोक महेन्द्र चोकमा हैन बानेश्वर चोकमा राख

    आज महेन्द्रनगरमा संविधान चोकको नामाकरणको कुरा उठेको छ, नाम राख्ने अधिकार महेन्द्रनगरबासीलाई छ यहाँको नाम दिल्ली दरबारबाट सञ्चालित १२ बुँदेका अनुयायीलाई अधिकार छैन बरु संविधान चोक नाम राख्ने अधिकार संविधान निर्माताहरुलाई छ त्यो पनि संसद भवन रहेको एरियामा विरेन्द्र अन्तराष्ट्रिय सभागृहको सामुन्य बानेश्वर चोकको नाम मेटाएर संविधान चोक राख महेन्द्रनगरमा महेन्द्रनगर शहर आधुनिक तरिकाबाट निर्माण डिजाइन गरी बसाल्ने राजा महेन्द्रको शालिक तोडी महेन्द्र (चोक) स्मारकको नाममा टिपेक्स लगाई संविधान चोक राख्न पाईदैन । ४÷६ जनाको अधिकार छैन । जनतालाई भ्रममा पारी चोरेर महेन्द्रनगर नगरपालिकाको नाम भीमदत्त राखी सक्यो अव पहुच भएको बेला त्यो नाम पनि साविकै राखिने नै भएकोले राजा महेन्द्रको पालामा बात लागेकाहरुले इवि साध्न नाम फेरबदल गरेझै गर्नु उपयुक्त छैन । जुन ठाउँमा संविधान बनेको हो बरु त्यहाँका जनताले सहन गर्ने भए संविधान चोक बानेश्वर चोकको नाम हटाई राख तर यहाँ पाईदैन । जनधारणा
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh