ई – दिशानिर्देश

सार्वजनिक सम्पत्तिको संरक्षण हुनुपर्छ

१ पुष २०८०, आईतवार
सार्वजनिक सम्पत्तिको संरक्षण हुनुपर्छ

महेन्द्रनगर शहरको विकासको लागी पुरानो ब्रहमदेव मण्डीका व्यापारीहरुलाई समेत स्थानान्तरण गर्न नयाँ आधुनिक बजारको निर्माण र विकास गर्न गुरुयोजना बनाई महेन्द्रनगर नगर विकास समितिको नाममा ६ सय विगाहा भन्दा बढी जग्गा छुट्याई रेजर्व राखी पहिलो चरणमा महेन्द्रनगर बजारको एरिया गल्ली नम्बर एक देखि पाँचसम्मको घर घडेरी ब्रहमदेवमण्डीबाट आएका व्यापारीहरुलाई गल्ली नं. एक तथा अन्य ठाउँमा दिई बाँकी लिन चाहने व्यापारी व्यक्तिहरुलाई थप स्पेशल बजार महेन्द्र स्मारक क्षेत्रमा वितरण गरी गुरुयोजना अनुसार सरकारी कार्यालयको क्षेत्र, आवासीय क्षेत्र र थप बर्मामा रहेका प्रवासी नेपालीहरुको लागी फ्रि लाईनमा व्यापारिक क्षेत्र छुट्याई घर घडेरी जग्गा वितरण गरिए अनुसार ४० वर्ष भित्र धेरैले भवन पसल निर्माण गरी सकेका र हालसम्म निर्माण भईरहेको अवस्था छ । नेपाली सेनाको व्यारेकदेखि पुर्वको नहर पश्चिमको तथा सुप विश्वविद्यालय रहेको क्षेत्र पनि रेजर्वमा राखेको थियो भने त्यस्तै आँखा अस्पतालको दक्षिण बेल्ट ग्रीन बेल्ट र महाकाली मन्दिर क्षेत्रको रुपमा तथा सीप विकास कार्यालयतर्फको एरिया र जिल्ला प्रशासन कार्यालय पश्चिम ओपरा होटल तथा कर्मचारी मिलन केन्द्रको उत्तर मूल सडक सार्वजनिक मञ्च बाल मन्दिर पुर्व महेन्द्र राजमार्ग दक्षिणको एरिया बजारको मुटुमा रहेकोले अत्यावश्यक परेको बेला प्रयोग गर्ने गरि सुक्षित राखिएकोमा अप्रत्यक्ष तरिकाले गैरकानूनी रुपबाट भीमदत्त न.पा. र महेन्द्रनगर नगर विकास समिति मिली बजारका गल्ली निर्माण गरी घडेरी बनाई अनधिकृत रुपले भ्रष्ट तरिकाले भूमाफियाद्धारा वितरण गर्न लगाई चोरी चोरी राती राती र संविधान सभाको निर्वाचनको समयमा भीमदत्त न.पा.द्धारा नक्सा पास नगराई आफूखुसी भवन बनाउन लागेकाले २४ जना व्यापारी तथा अरु व्यक्तिहरुले कारवाहीको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा गई निवेदन दर्ता गराएको तथा निशानिर्देश कञ्चन साप्ताहिक पत्रिकामा समेत प्रकाशित गरिएको थियो तर कुनै क्षेत्रबाट कारबाही भएको ठोस प्रमाण सार्वजनिक भएन । त्यस बारेमा सबै राजनीतिक दलहरुको पनि सहभागिता भएको हुनाले हुन सक्छ केही आवाज आएन । १०/१० हजार अनधिकृत भाडा असुली रहेपनि सार्वजनिक राजश्व जनताको खातामा गएको छैन । यो सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने काम स्थानीय सरकारको समेत भएकोले किन भीमदत्त नगरपालिका पनि मौन रहेको छ, यसको इन्साफ र सुनवाई कसले गर्ने आज यो क्षेत्र किन वेवारिस रह्यो रहस्यमय रहेको छ । यदि बजार बनाउने सरकारको नीति भएमा पुरानो बजारको भन्दा बढी चौडा गल्लीका सडकहरु हनुपर्ने जनताको धारणा रहेको छ र विक्री वितरण गर्ने भए बढावढ गरिनु पर्दछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh