ई – दिशानिर्देश

राष्ट्रहितको खातिर झुक्न सक्नुपर्छ

९ पुष २०८०, सोमबार
राष्ट्रहितको खातिर झुक्न सक्नुपर्छ

घर र राष्ट्र एकै हो, यदि घरमा परिवार संख्या कसैको घटी होला कसैको बढी परिवारमा सबै एकनासका हुदैनन् र घरमुली देखि सबै सन्तुष्ट नहुन सक्छन, जे सुकै भए पनि मुलीले सहीरहनु नै पर्छ र सबै सित समान व्यवहार गर्नुपर्छ गर्छन पनि । त्यस्तै राष्ट्र हो राष्ट्रमा करोडौं नागरिक हुन्छन । हरेकको भावना बोली अलग अलग हुन्छ तर व्यक्तिगत स्वार्थमा फसेर आफू जुन पार्टी पंक्तिमा उभिएको हुन्छ त्यसका गलत कामलाई पनि गलत भन्न नसक्नु र नेताहरुले इतिर पार्टी कार्यकर्ता सितको पहिचानले भेदभाव गर्नु नीति संगत होइन । राष्ट्रमा जो सत्तामा छ उसको ठूलो दायित्व हुन्छ । सबैलाई समन्वय गरि मिलाएर लगेमा सुख शान्तिका साथ सरल तरिकाबाट शासन गर्न सकिन्छ । शक्तिवाला अर्थात सत्ता पक्षले र कुनै पनि राजनीतिक पार्टीहरुले निषेधको राजनीति गर्नु हुदैन र देश तथा जनतामा अनमेल गृह कलह हुने बोली बचन बोल्नु हुदैन । सत्तामा रहेको बेलामा जे पनि बोले हुन्छ भनि बोल्न हुदैन । डिप्लोमेसी तरिकाले कुटनीतिको पनि आवश्यक पर्दछ । जसरी पंचायत पक्ष र बहुदलीय पक्ष दुवैले मिले स्वइच्छाले मेलमिलापका साथ २०४७ को संविधान निर्माण गरी विना भेदभाव राज्य सञ्चालन गरेका थिए । निर्वाचनको बेलामा माओवादी पार्टी दर्ता गर्न नदिएकोले भेदभाव (निषेधित) को राजनीति गरेकाले माओवादीले जंगल पस्नु प¥यो निषेधको राजनीतिले देशलाई नै खतरा हुन्छ त्यसकारण त्यसबाट पनि पुर्व ज्ञान लिई वर्तमानमा देखिएको विवादमा दल सांसद र पुर्व राजा तथा जो जो नेपाल र नेपालीको हितमा निश्वार्थ तल्लीन देखिन्छन । ती सबैलाई क्रमशः समेटि देश र वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरी देशमा शान्ति सुव्यवस्था कायम राख्न जनताका भावना समेत समेट्नु पर्ने आजको आवश्यकता देखिन्छ ।
मन्त्री किरातीको जस्तो भाषा बोल्नु र घमण्ड गर्नु हुदैन त्यसले देशलाई विनासको बाटोतर्फ लैजान्छ । जनताको मुटुमा चोट पर्ने शब्द नबोली सौहार्द तरिकाले बहस गरौं । देशको शानमान भरसक पुरानो भन्दा बढाऔं नभए घटाउने कोसिस नगरौं । राजा ज्ञानेन्द्रले त जे जे पार्टीले भन्यो त्यही मानिदियो । सहज रुपले सत्ताबाट बाहिरिए केवल राष्ट्रको हितको लागी भने हामीले पनि त्यसबाट केही शिक्षा लिनै पर्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh