ई – दिशानिर्देश

आज बोल्न पाएको छ, इन्साफ पाएको छैन

९ पुष २०८०, सोमबार
आज बोल्न पाएको छ, इन्साफ पाएको छैन

हामी भन्छौं पहिले राणा शासन र राजाको समयमा बोल्न पाइदैनथ्यो आज बोल्न पाएका छौं । आफ्नो आफ्नो समय रितिरिवाज अनुशासन हुन्छ । जव जंग बहादुर राणा यु.के. गएर फर्केपछि सम्पूर्ण टीमले पतिया गर्नु प¥यो किन भने अंग्रेजहरुको पानी पकाया चल्दैनथ्यो । अरु त छोडौं जंगबहादुर देखि बृटेनकी रानी खुसी भएर सोधिन म तपाई र नेपाललाई केही सहयोग दिन चाहन्छु भन्ने इच्छा प्रकट गरिन बृटेनकी रानीले जंगबहदाुर राणा सित उत्तरमा जंग बहादुरले भन्यो हामी त हिन्दु राष्ट्रका हिन्दु हौ हामी दान लिन्नौ, दिन्छौं बरु तिमी के माग्छौं माग भनेपछि रानीले जंग बहादुर राणाको फोटो मागिन । जंग बहादुरले फोटो दियो जुन फोटाको शालिक बनाई आजसम्म पनि बकिंघम राजदरबार बेलायतमा देख्न सकिन्छ । हाम्रो पुर्खाको सान र मान त्यस्तो थियो जमना पनि त्यस्तै थिए । त्यति बेला अनुसासन थियो बाआमाका आज्ञाकारी थिए छोराहरु नारी पतिब्रत थिएन पति पत्नी वर्ता ३÷४ विहा गरे पनि समान हकभोग सुविधा थियो । नैतिक शिक्षाको पढाई थियो नैतिकता थियो । नैतिक कुरा बोल्न पाउथे अनैतिक बोल्न बन्द थियो बाआमालाई गाली गर्दैनथे, आज बोल्न पाएका छन । रक्सी खाई बाआमालाई आमा चाकली गाली गर्दैछन किनकी बोल्न पाएका छन । जे बोले पनि हुन्छ गणतन्त्रको के यही हो उपलब्धी ? मेलमिलाप सित बसेको घरपरिवार गाउँलाई भडकायौं जे मन लाग्यो त्यही बोल्छौं के यही हो बोल्न पाएका अधिकार ? जति बेलाको समाजले जे माग्यो त्यही ठीक थियो ठीक पनि हो । जनधारणा
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh