ई – दिशानिर्देश

प्रजातान्त्रिक राजा विरेन्द्रको जन्मजयन्ती

१५ पुष २०८०, आईतवार
प्रजातान्त्रिक राजा विरेन्द्रको जन्मजयन्ती

पुष चौध गते राजा विरेन्द्रको जन्म जयन्तीमा हार्दिक श्रद्धाञ्जली । नेपालका राजाहरुमा जनताप्रति विश्वास गर्ने एक मात्र राजा थिए विरेन्द्र भन्नमा आपत्ति छैन । २०३६ साल जेठ १० गते विहानको समाचार सुन्दा मानिस छक्क परे । राष्ट्रले बहुदलीय व्यवस्था चाहन्छ कि निर्दलीय व्यवस्था भनि जनमत संग्रह गरिनेछ भनि घोषणा गरे । धेरै भन्ने गर्थे राजा महेन्द्रले जनताको भावना विपरित लादिएको निर्दलीय व्यवस्था भन्ने गर्थे धेरै मान्छेहरु अचेल भन्छन राजाको पालामा बोल्न पाईदैनथ्यो भन्छन यदि नपाइने भए त्यो आवाज कसरी उठ्यो र राजाले कसरी सुन्यो । जनता जे चाहन्छन राजसंस्था त्यही चाहन्छन भनेर जनमत संग्रहको घोषणा गरेका थिए किनभने राजा विरेन्द्रको जनताप्रति विश्वास र भरोसा तथा जे जनता चाहन्छन त्यसैमा राजा खुसी रहन्थे ।

जनताको इच्छा विरुद कुनै काम गर्दैनथे । त्यो प्रमाणले देखाएको छ, जनता बोल्न पनि पाउथे राजा सुन्ने पनि गर्दथे तर आज पनि बोल्न त पाएकै छन । तर फेरी त्यो पनि सुन्नेवाला कोही छैन । राजा विरेन्द्रले त शान्ति क्षेत्रको प्रस्ताव संविधानमा नै राखेका थिए । शान्ति क्षेत्र प्रस्तावलाई छिमेकी राष्ट्र भारतले अस्वीकार गरे त्यस्तै नेपालका बहुदलवादी नेताहरुले पनि अस्वीकार गरेकाले नेपालको संविधान २०४७ मा राख्न सकेमा देशमा हत्या हिंसा गर्ने र गराउने भित्री योजना भएकोले नेपालमा शान्ति क्षेत्रको प्रस्ताव २०४७ को संविधानमा अटाएन र त्यसैगरी जति ठूलो अपराध गरे पनि मृत्युदण्ड दिन नपाउने व्यवस्था भयो । त्यसको पनि ठूलो अर्थ छ यदि मृत्युदण्डको प्रावधान नियममा राखेमा यस्तो देश विरोधी कृयाकलाप गर्न मानिसहरु डराउने थिए तर मृत्युदण्डको व्यवस्था खारेज गरेकाले नेपालमा सबैभन्दा ठूलो द्धन्द माओवादी मार्फत गर्न पायो । सजिलै सित सत्र हजारको हत्या भयो । राजा विरेन्द्रले जनताले प्रजातन्त्रको उपभोग गरुन भनेर २०४६ सालमा बहुदलीय व्यवस्थाको घोषणा गरिदिए सबै खुसी भए ।
२०४७ को उत्कृष्ठ संविधान भनि सबै प्रफुल्ल थिए राजा त नाम मात्रका थिए कामकुरा प्रधानमन्त्री गिरिजाको हातमा थियो । कानूनी राज्य, आभास केही भएन, जे मन लाग्यो नेताहरु त्यो मात्र गर्न थाले आज देश नांगो हुदैछ कसैको ध्यान जान सकेको छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh