ई – दिशानिर्देश

रोजगारीको सट्टा हत्या

१५ पुष २०८०, आईतवार
रोजगारीको सट्टा हत्या

बरु फेल गरिदिए पनि कोरिया जानको लागी परिक्षा दिन पाउँनुपर्नेमा रिसको आवेगमा आएर गाडीबाट मन्त्रीलाई बाहिर उतारी गाडीमा आगो लगाउँदा लगाइसकेपछि मुद्दा चलाई क्षतिपुर्ति लिनुपर्नेमा सरकारले २ जना युवालाई गोली हानेर र पिटेर मार्नु दोष हो । 
गाडीको ठाउँमा गाडी त दिन सकिन्छ तर ज्यानको ठाउँमा ज्यान फिर्ता गर्न सकिदैन । प्रजातन्त्रमा आजभोली बोल्न पाएका छन भन्छन नेताहरु पहिले बोल्नै पाइदैनथ्यो भन्छन उहिले बोले पनि यसरी मान्छे मार्दैनथे आजको लोकतन्त्र गणतन्त्रमा रोजगारी माग्दा ज्यान मारेको यो प्रथम घटना हो । यो गणतन्त्र र बोल्न पाएको निसानी हो सो देशमा रोजगारी नदिने विदेश जान अन्तरवार्तासम्म दिन नदिई मार्ने अवस्था ठीक होइन । गणतन्त्रवादी सरकारको भूल हो । विदेश जानुपर्ने अवस्थालाई बन्द गरी युवायुवतीलाई स्वदेशमा रोजगारी देउ दिन नसके मारी नदिनुहोस भन्ने हाम्रो धारणा छ ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh