ई – दिशानिर्देश

डम्मर कुमारी कपडाको इतिहास

२२ पुष २०८०, आईतवार
डम्मर कुमारी कपडाको इतिहास

यो कपडाको नामबाट त सबै नेपालीहरु परिचित नै होलान तर यसको इतिहास भने सबैलाई जानकारी नहुन पनि सक्छ । नेपाली महिलाहरुले लगाउने चौबन्दी चोलो र ओढने खास्टो साना नानीहरुले लगाउने चौबन्दी भोटो रीझी भोटो आदि “डम्मर कुमारी” कपडाले नै बनेका हुन्छन विशेष गरेर यो कपडाको सिंगारिएर दुवै पट्टी सेतो मलमल राखेर सिलाउने गरिन्छ । यो कपडाको छुट्टै पहिचान र मौलिकता छ, साना नानीहरुको लागी यो विशेष उपयोगी छ यसबाट बनेका लुगा देख्नमा सुन्दर नरम र लाउनमा सजिलो पनि हुन्छन । आज विदेशबाट अत्यन्त आकर्षित लुगाहरु उपलब्ध भए तापनि यसको महत्व भने पहिलेको जस्तै छ र सधै रही रहोस भन्न चाहन्छ । त्यस कारणले यसको इतिहास नजान्नेहरुलाई पनि थाह होस भनेर मैले कलम समाती हाले ।
राणा शासन कालमा श्री ३ जंगबहादुर राणका थुप्रै व्यहिता रानी र थुप्रै रखौतीहरु पनि थिए ती रखौतीहरु मध्येबाट जन्मेकी एक जना छोरी डम्मर कुमारी थिइन । डम्मर कुमारी ठूली भएपछि बनारसमा कोठी चलाएर बसेकी थिइन यस कुराले जंग बहादुरलाई धेरै पिरोली रहेको थियो, जंगबहादुरले पटक पटक डम्मर कुमारीलाई यस्तो घृणित कार्य छोडेर नेपाल फर्कनको लागी खबर पठाइरहेका थिए तर उनले टेर्दै टेरिनन त्यसपछि जंग बहादुरले आफ्ना एक जना भाईलाई केही सैनिक दिएर भने सजिलै मान्यो भने ठीक छ नत्र बल गरेर भए पनि लिएर आउनु भनेर पठाए, बनारस पुगेर डम्मर कुमारीका काकाले उनलाई धेरै सम्झाए नेपाल जाने आग्रह समेत गरे तर उनी केही गरे पनि मानिनन् त्यसपछि उनका काकाले सैनिकद्वारा कोठीका सबै झ्याल ढोका टीनका पाताले बन्द गर्न लगाए त्यसपछि उनी मजबुर भएर आफ्ना काका सित नेपाल आइन र जंगबहादुर सित कुनै व्यवसाय गर्ने इच्छा जाहिर गरिन जंग बहादुरले उनको लागी एक विशेष किसिमको कपडाको व्यवसाय सुरु गराई दिए डम्मर कुमारीले सञ्चालन गरेको हुनाले सो कपडाको नाम “डम्मर कुमारी” रहन गयो । यस कपडाको रंग पक्का हुन्छ । यसलाई नेपालीहरु धेरै मन पराउँछन । जनचेतना
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh