ई – दिशानिर्देश

प्रजातन्त्र, लोकतन्त्र मानव तथा बाल अधिकार

२२ पुष २०८०, आईतवार
प्रजातन्त्र, लोकतन्त्र मानव तथा बाल अधिकार

हामी उक्त शीर्षकका कुरा नेताहरुको भाषण र मिडियामा सुन्छौ र यथार्थमा खोज्दा अर्कै देख्छौं । दुःख लाग्छ मानव अधिकार देशका नागरिकहरुको शिक्षा, स्वास्थ्य, रोजगारी आवत जावत गर्न पाउने त्यस्तै बाल अधिकारमा सर्वप्रथम त जन्मनु दिनु प¥यो मानव शरिरको संरचना हुँदाखेरी नै गर्भपतन गरी जन्मन पाउनु पर्ने अधिकारलाई हनन् गरी जन्मेपछि पनि हामी बजारमा देख्छौं फोहर उठाई रहन्छन स्कुल जान पाएका छैनन् भने अर्को कुरा कक्षा दश सम्मको शिक्षा निःशुल्क दिने भन्ने सरकारी नीति रहेपनि विद्यालयमा भर्ना हुँदा अनधिकृत रुपबाट भएपनि पैसा तिर्नै पर्ने छ सरकारी विद्यालयमा पनि निजी तर्फ भनि रकम उठाएकै हुन्छन ।
कञ्चनपुरको अवस्था त यस्तै छ सम्बन्धित निकायको निरिक्षणबाट पनि देखिनेछ । हामी प्रजातन्त्र लोकतन्त्रको लागी पनि कराएकै हुन्छौं तर कस्तो हुन्छ प्रजातन्त्र जनतन्त्र हाम्रो चीनजान नै छैन थाहा छैन । जनताले मन पराएका व्यक्तिहरुलाई जनताले छानेर आफ्नो प्रतिनिधि बनाउनु हो कि जस जसलाई पार्टीका नेताहरुले मत देउ भन्यो र उसैलाई आफ्नो प्रतिनिधि बनाउने हो कमसेकम स्थानीय तह पालिकाहरुमा त पार्टी सिस्टम नहुनु नै हामी प्रजातन्त्र ठान्दछौं किन कि पार्टीको नाताले कतै पनि फलानालाई मत दिनु भनि बाध्य गराउनु जस्तो कि भारतमा पंचायत राज छ स्थानीय स्तरमा पूर्ण प्रजातन्त्र छ तर हामी कहाँ पार्टी तन्त्र भएकाले मन परेको वडा अध्यक्ष सदस्य सम्म छान्न पाईदैन भने कहाँनेर रह्यो प्रजातन्त्र जनताको तन्त्र भन्दा बरु राजतन्त्र, पार्टीतन्त्र हामी देख्यौं बरु मन परेकोलाई हामी निर्दलीयता छदा राजतन्त्रमा छान्न पाउथ्यौ, सांसद तथा स्थानीय प्रमुखलाई पनि इच्छा अनुसार छान्न पाउथे जनताले । जनताले पानी खान पाउथे सराव खाने मन गर्दैनथे ।
स्थानीय निर्वाचनमा त एक पदाधिकारी बढीमा एक हजारसम्म खर्च गर्थे प्रचार प्रसारको पनि आवश्यक थिएन उम्मेदवार पुर्व परिचित थिए हुन्थे । नचल्दाकै रुपमा पैसा न माग्थे न दिन्थे । नगरपालिकाका मेयर समेत ५/१० हजार सम्म खर्च गर्थे, जनता पनि बढी गफ गर्ने फटाहा व्यक्तिबाट टाढा बस्न चाहन्थे र मत दिदैनथे । प्रजातन्त्र भनेको त्यो हो जनताले आफ्नो प्रतिनिधिलाई निर्धक्क रुपमा छान्न पाउनु । व्यवस्था परिवर्तन गर्दा वा नयाँ संविधान निर्माण गर्दा जनमत लिनु र जनताप्रति विश्वास गर्नु नै लोकतन्त्र हो मुखले जनतालाई भगवान भन्ने कर्मले दास सरह बनाउनेलाई प्रजातन्त्र भन्न सकिदैन । जनताका कुरा सुन्नु नै प्रजातन्त्र हो । असनमा बसेका भुजेलको मृत्यु भई १०/१२ वर्षसम्म उनको लास, लासघरमा रहेको छ भने उनकी श्रीमती पनि वीर अस्पतालमा काल पर्खि रहेकी छन त्यो अवस्था प्रजातन्त्रको नभई अन्यथा नै हो भन्नमा दोष छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh