ई – दिशानिर्देश

बाझिने र जनताले नचाहेका कानून तुरुन्त फेर्नुपर्छ

१४ माघ २०८०, आईतवार
बाझिने र जनताले नचाहेका कानून तुरुन्त फेर्नुपर्छ

आज जनता–जनता बीच लि·भेद र जातिभेदका तथा कानून सित बाझिने कानून तुरुन्त खारेज गर्नुपर्छ । कानून नियम बनाउने अधिकार पालिकाहरुले पाएको छ तर एक अर्को कानून सित बाझिने कानूनहरुको ख्याल राखी सबै पालिकाहरुले अरु कानून सित के कति बाझिएका छन भन्ने कुरालाई ध्यानमा राखी जनता सेवाग्राहीलाई असर पर्ने कानून नियम पालिकाहरुले नै खारेज गर्नुपर्ने देखिन्छ । पालिकाहरुका आम्दानीका श्रोतहरु धेरै छदाछदै पैसा चाहियो भन्दैमा अरुलाई मर्का पर्ने नियमहरु बनेका छन भने अध्ययन गरी तुरुन्त हटाउनुपर्ने ठान्दछौं ।
पालिकाहरुले सानो सानो काममा नअल्झी सर्वसाधारणको अहितमा हुने कामहरु नगरौं केवल जनताको हितमा हुने काम गरौं । सुन्नमा आएको छ कर्मचारी लिमन केन्द्रमा बाल पुस्तकालय थियो त्यो आज छैन कहाँ गयो त्यहाँका पुस्तकहरु कहाँ गए साथै सुजित पुस्तकालयलाई संस्थापकले सञ्चालन गर्न नसकि आफ्नो सम्पत्ति पुस्तक फर्निचर कम्प्युटर आदि भीमदत्त न.पा. वडा नं. ४ लाई बुझाएको भनेको छ आज भोली त्यो पुस्तकालय कुन ठाउँमा छ सार्वजनिक होस । जनभावना
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh