ई – दिशानिर्देश

नेलसन मण्डेला र अब्राहम लिंकन

१४ माघ २०८०, आईतवार
नेलसन मण्डेला र अब्राहम लिंकन


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

अब्राहम लिंकन र नेलसन मण्डेला जस्ता नेता पाउने देश भाग्यमानी हुन । नेपालले त आजसम्म ति दुई जना नेताहरुको जस्तो इमान्दारिता देश जनताको लागी मरिमेट्ने नेता पाउन सकेनौं अझै पनि पाउने ग्यारेन्टी छैन किनभने जस्ता जनता छन त्यस्तै नेता पाउन सकिन्छ । नेताहरुको छनौट गर्दा हामी सही नेतृत्वलाई चिन्न सक्दैनौं न उनीहरुका कृयाकलापलाई ध्यान दिन सक्छौं पार्टीहरुलाई त पार्टी चलाउन पैसा चाहिन्छ जसले बढी पैसा पार्टीलाई दिन्छ उसैलाई उम्मेदवार उठन पार्टीहरु इजाजत दिन्छ । सबै जनता पार्टीमै भइसकेको अवस्थामा जनता पनि अन्धभक्त नै हुन र छन भन्नमा दोष छैन । पहिलो कुरा त सिष्टम नै यस्तै खराब बनाएको छ । सरकार छान्ने तहमा पार्टी सिस्टम हुनु ठीकै हो जसरी भारतमा पनि पार्टीहरुको नै सिस्टम छ तै पनि जिल्ला, नगर गाउँमा पंचायत राज छ स्थानीय निकायलाई पंचायतले चलाएको छ दलगत तरिका छैन । गाउँको कुरा गाउँलाई थाहाँ पनि हुन्छ । पंचायत राजमा पुरा अधिकार दिएको छ न्याय, विकास निर्माणका सबै काम गर्न पाउने अधिकार देशले दिएको छ ।
हामीले अब्राहम लिंकनको जीवनका केही कथाबेथा सुनेका छौं तर कसैले न सुनेका पनि होलान ठ्याक्कै प्रमाण त दिन सक्दैन उनी पढ्दा सडकबत्तिको उजालोले पढ्थे बास बस्न कति दिन बसे भन्ने कुरा त थाहा भएन तर सडकको कलभर्ड (पुलं मुनि पनि रात विताएका थिए भन्ने कुरा सुनेको र पढेको छु त्यो कुरा मेरा प्राध्यापक डम्बर बहादुर बम खाली समयमा कुरा गर्नु हुन्थ्यो । एक दिन सिम सिम पानी परेको बेला ओत लाग्न यौटाको घरको बाहिरको सिडीमा बसेछन, ठीक त्यही बेला भित्रबाट यौटा महिला आइछन र त्यो केटा अवस्थाको अब्राहमलाई सोधेछ के तिमि नोकरी गर्न सक्छौं भनेपछि उत्तरमा हुन्छ सक्छु भनेपछि भोली आउनु भनि बोलाएछ, अर्को दिन उपस्थित हुँदा भित्र बोलाई अन्तरवार्ता लिएछ अन्तरवार्तामा घर भित्र झाडोपुछा लगाउ भनि सामग्री दिएछ । लिंकनले सफा गरी सकेपछि पोछा समेत लगाई टलक्क पारि सकेकै थियो तै पनि हातले मसारेपछि घर मालिकले सोधेछन “हातले किन त्यस्तो गरेको भन्दा सफा भयो कि भएन भनेर हो भनेपछि घरपेटीले अनौठो इमान्दार कर्मठ ठानी नोकरीमा राखिदियो । सुत्न किचनमा नै प्लाईउड तख्तावाला चर्पाइ दियो भान्सामा नै बस्न ठाउँ दिएका रहेछन ।
एक दिन घरपेटी कि छोरीले प्रेम प्रस्ताव राखेछ त उनले भनेछन मलाई त तिम्रा आमाबुवाले मारिदेलान तिम्रै घरमा बसेर म कसरी त्यस्तो बनु भनेको केही दिनमै केटीले आफ्नी आमासित भनेछ म त यो केटा सित विाह गर्ने मन छ भनेपछि सोही कुरालाई लिएर एकदिन लिंकनलाई बोलाई भनेछ “यस्तो हिम्मत तिमीलाई कसरी आयो आइन्दा यस्तो नगर्नु भनेपछि आफुले त इन्कार गरेछ तर डरले कुनै दिन त्यहा छोडेर गइहालेछन लिंकन । राष्ट्रसितको चुनावमा उनी
राष्ट्रपति भई हाले तर वास्ता राखेन त्यो परिवारले । नभन्दै भान्सा सफा गर्नु पर्दा चर्पाइको प्लाईउडको भित्रमा लेखेको
रहेछ त्यहाँ आएको र गएको मिति भनेर लेखी आफ्नो नाम लेखी सहीछाप गरेको पाउँदा घरपेटीले सोधपुछ गर्दा अब्राहम लिंकन त राष्ट्रपति भैसकेछन तर केटो हेर्दा उनकै घरमा नोकरी गर्ने व्यक्ति पो रहेछन । लिंकनलाई भेटन गयो माफी माग्यो मेरी छोरीलाई दिन्छ गल्ती भयो भन्दा ठीक छ केही छैन यस्तो हो जिन्दगी भनि धन्यवाद दिई फर्काइ दिन घरपेटी दुःखीत रह्यो भन्ने कुरा सबैले थाहा नपाएको हुन सक्छ भनेर यो लेखमा राखी दिएको छु ।
कालाजातीको नेलसन मण्डेलाले २७ वर्ष जेल जीवन विताए उनकी श्रीमती विना मण्डेला पनि धेरै वर्ष जेल बसिन कालाजाती सितको भेदभाव अन्त गर्ने अन्तमा मानवतामा निरन्तरता दियो विश्वसामु उनी कालाजातीका राष्ट्रपति बनेर कानूनी राज्य बनाई सबै जाती लिङ्गलाई समान ठानी पुरा अवधि सम्मानित राष्ट्रपति बनेका हुन नेलसन मण्डेला । करिव करिव त्यही बेला बहुदलको पुनरबहालीको लागी नेपाली नेताहरुले भारतको सहयोगमा आन्दोलन ग¥यो प्रजातन्त्र नामको बहुदलीय व्यवस्थाको पुनरबहाली भयो कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भए व्यवस्था फेरबदलका नाइके गिरिजा, गणेशमान, मदन भण्डारी र अन्य कम्युनिष्ट नेताहरु पनि थिए ।
२०४७ मा संविधान बन्यो त्यही संविधानद्धारा निर्वाचन भयो जनताले पनि जेलनेल भोगेका नेता भनेर ने.का.लाई बहुमतले जितायो र ने.का.को बहुमतको सरकार बन्यो ।
प्रजातन्त्र नामको बहुदलको पुनस्र्थापनाको दोस्रो तथा ४७ को संविधान अनुसारका प्रथम प्रधानमन्त्री गिरिजा प्रसाद कोइराल ाबने तर उनी पनि परिचालित भएकोले नेपालको मान समन बढाउनु भन्दा घटाउनुमा लागे जस्तो कि हरेक काममा भारतीय नेताहरु सित सल्लाह लिने तर राजा विरेन्द्र सित मुखमा एक कुरा गर्ने मनमा र पिठ पछाडी ठीक उल्टो कुरा गर्ने, मर्यादित व्यक्तित्वको ख्या नराख्ने अर्काको व्यइजती हुन र गर्नमा तल्लीन रहने, जथाभावी बोल्ने जहाँ गए पनि मोल मसोल मण्डेल एकै हुन म मात्र प्रमुख हुँ देशमा जे गरे पनि मेरो मात्र मौलिक अधिकार छ भन्ने नीतिले गर्दा बहुमतको सरकार हुँदा हुँदै मध्यावधी निर्वाचन गराउन साँसद भंग भ¥यो र जनताले अलि अलि बुझेपछि मध्यावधीमा बहुमत पाएन । अल्पमतको सरकार बनाउन मनमाृहन अधिकारी सित मिले तर देश चलाउने भन्दा पार्टी चलाउने बदनियत बोकी सरकारबाट अलग भए हुन त राप्रपाका २० सिटले संख्या पुगेकै थियो तैपनि देश र सरकार चलाउनु भन्दा पार्टी नै प्यारो लाग्यो देशलाई स्थिरता दिन दुवै नेताहरुले चाहेनन् मनमोहन अधिकारीले पनि मध्यावधी ग¥यो तयसपछि राप्रपा र नेकपा एमाले मिलेर सरकार बन्यो लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भए ९ महिने शासन कालमा राप्रपाका सूर्य बहादुर थापा नै विरोधमा उत्री एक ग्रुप सूर्यबहादुर थापातर्फ गयो ने.का सित मिली सूर्य बहादुर थापा प्रधानमन्त्री बने उनको आयु पनि छोटो नै रह्यो यी पार्टीहरुले हामी कहाँबाट
परिचालित छौ भन्न सम्म बुझेनन् मानौ यी कोही पनि देशको स्थिरताको लागी रहेनछन । केवल सत्तामा पुगी ओर्लने मात्र नीति थियो । त्यसपछि पनि देउवाको सरकार बन्यो देशमा अशान्ति फैलियो माओवादी सशस्त्र विद्रोहमा गयो सबैले ख्याल ठट्टा गरे आतंकवादी घोषणा गरेर माओवादीले सर्वप्रथम निहत्ता जनतालाई ढाल बनाई प्रहरी चौकी पंचायतका भवन नष्ट गर्ने काम ग¥यो गाउँमा रहेका गा.वि.(स सचिव तथा प्रहरी चौकी जिल्लामा सारी सरकारको अनुपस्थित देखाउने काम सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलामा ग¥यो ।

जेलनेलमा रहेका नेता नेलसन मण्डेला भन्दा कम छैन हाम्रा नेता भनि जनताले भोट दिइ सत्तामा पु¥यायो तर उनीहरु देशलाई कंगाल बनाई उद्योग कलकारखाना र युवा युवतीहरुलाई विदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष बेच्ने क्रममा गए जनतालाई खुसी पार्न वैदेखिक ऋण तथा उठेको राजश्व योजना विना गाउँमा दिई भ्यूटावर जस्ता अनायासमा खर्च गरि योजना ल.ई. र लक्ष्य बेगर भ्याकु लगी सडक खन्ने काम ग¥यो प्राविधिक केवल जेसीबी चालक मात्र थिए बनेका ग्रामीण कच्ची सडकका उपभोक्तामा गाउँकालाई पनि राखी रकम हिनामिनाका हिस्सेदार गाउँले पनि बनेकाले विरोध गर्ने हैसियतबाट बन्चित रही आज पुरा देश भ्रष्टाचारमयी भएको छ । सरकारले पनि विदेशी सित सहयोग मागी उद्योग कलकारखाना खोली जनतालाई नोकरी रोजगार दिन तर्फ नलागी मेरा जनतालाई नोकर चाकर बनाई देउ भनि विदेश सित सम्झौता गरी नागरिक बेच्ने काममा लागेको हामीले पायौं । नेपाली जनताका आसा भरोसाको राजसंस्था समेत निर्मुल पारी आज देश बेसहरामा डुलेको छ, नेलसन मण्डेला, अब्राहम जस्ता त यो देशले के पाउथे देउवा, प्रचण्ड, केपी, गिरिजा जस्ता पाई देशको स्तर घटेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh