ई – दिशानिर्देश

साँझा सम्पत्तिको संरक्षण गर्नु राष्ट्रको आम्दानी हो

१४ माघ २०८०, आईतवार
साँझा सम्पत्तिको संरक्षण गर्नु राष्ट्रको आम्दानी हो


देशको आम्दानी हरेक प्रकारको करबाट हुन्छ हामीले जे जति निजी आय गर्छौ त्यसमा पनि सिमा तोकिएको छ । हरेक जनता जो करको दायरामा छन कर तिर्छन त्यो करको सदुपयोग गरेमा देशको व्ययभारमा पनि सहजता आउँछ । यदि दुरुपयोग भएमा राष्ट्र घाटामा जान्छ । कर मात्र उठाएर देशले आम्दानी गर्दैन बरु देशको साझा सम्पत्तिको संरक्षण रेखदेख गरी संरक्षण गरेमा त्यो पनि ठूलो आम्दानी हो । जस्तो कि सरकारी गाडी किनेको दश वर्ष पुगेको छैन । लिलाम गरिनछ र अर्को नयाँ गाडी किनिन्छ लिलाममा पुरानो गाडी किन्नेले १० वर्ष चलाउँछ भने पुरानो गाडी बेची नयाँ किनेको गाडी ८÷९वर्ष पनि चलाईदैन । मर्मत नहुने भने फेरी लिलाम विक्री गरिन्छ । फर्निचर कम्युटरको अवस्था पनि त्यस्तै हुन्छ, सरकारी भवनमा रुख उम्रेका हुन्छन चाडै मर्मत गर्नुपर्ने अवस्था आउँछ, मर्मत सम्भार गरिराखे बढी चल्छन नत्र थोरै समयमा नयाँ भवन बनाउनुपर्छ त्यस्तै सडक विजुलीका पोलहरु मर्मत नगर्दाको क्षति पनि अतुलनीय छ ।

साँझा सरकारी जग्गा छ जस्तै महेन्द्रगर शहरको विकास निर्माण र स्थापनाको लागी करिव सात सय विगाह जग्गा छुट्याई २०२८ सालमा गुरुयोजना समेत तयार भईसकेको अवस्थामा अतिक्रमण गर्नमा प्रोत्साहन गरी अतिक्रमणकारीहरुलाई व्यक्तिगत फाइदा उठाई महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीहरु तथा अन्य निकायबाट सहभागिता हुने सदस्यहरुलाई समेत जग्गा घडेरी दिई दुरुपयोग त गरेकै थिए त्यसबाट मात्र नअघाइ कर्मचारी मिलन केन्द्र उत्तर तथा पुर्वको जग्गा खोकाछाप्रा समितिको मिलोमतोमा गल्ली निर्माण गरी अनियमित रुपबाट मौखिक र इसाराको भरमा नापनक्सा बनाई महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीहरुले व्यक्तिगत लोभमा परी अतिक्रमण गराएको कुरा प्रष्ट रुपमा खुलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा अख्तियार दुरुपयोग निवारण कार्यालय महेन्दनगरमा समेत संविधान सभाको चुनाव अगाडी नै २४/२५ जनाको संयुक्त निवेदन समेत दिएर पनि अतिक्रमणको झन विस्तार हुँदै गयो कही कतै सम्बन्धित निकायबाट कारवाही भएन यसरी साँझा सम्पत्तिको हिनामिना हुने हो भने राष्ट्रलाई क्षति पुग्छ त्यस कारण साझा सरकारी जमिन त्यो पनि बजारको मुटुमा रहेकोलाई यस्तो अन्याय अत्याचार भ्रष्ट तरिकाले वितरण गर्ने हो भने जनताले पनि सहनु पर्ने क्षमता कसरी राख्ने ?
साँझा सम्पत्तिको संरक्षण गर्नु राष्ट्रको आम्दानी भएकोले तुरुन्त नेपालको कानून बमोजिम अतिक्रमण गर्ने र गराउने जिम्मेवार संघ संस्था व्यक्ति तथा नक्सापास नगरी घर निर्माण गर्न दिने भीमदत्त नगरपालिका र पालिकाका पदाधिकारी माथि पनि कानूनी कारवाही हुनुपर्ने हाम्रो राय रहेको छ । यो अतिक्रमण हुँदा राजनीतिक पाटीहरु किन मौन रहेका छन थिए ? के यसरी नै राष्ट्रको हित हुन्छ ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh