ई – दिशानिर्देश

नेपाल नीति विहिन राज्य बनेको छः

१४ माघ २०८०, आईतवार
नेपाल नीति विहिन राज्य बनेको छः


–कृष्ण बहादुर चन्द
समाजसेवी, पुर्व कृषि अधिकृत
पाटन न.पा. ६ पाटन, बैतडी

वर्तमानको नेपालमा राष्ट्रिय नीति, विदेशि नीति, अर्थनीति, राज्यको औद्योगिक नीति, शिक्षा नीति, कृषि नीति, सामाजिक सुधार नीति, राज्य प्रणाली नीति, राज्यका संयन्त्र सञ्चालन नीति, असल शासन र न्याय नीति सहितका सबै खाले निित स्खलन भएर नीति बिहनताको देश बनेको छ । नेपालबाट जसरी पनि सृजनशील अनुभवी विज्ञ जनश्रमशक्ति नागरिकहरुलाई बाहिरी मुलुकहरुमा पठाएर निर्यात गरेपछि सामन्ती मनपरीतन्त्रको राजकाज गर्न राजनीतिक दलहरुले मिलिजुली, भागबण्डा गरेर राज्य शोषण नीति अनुरुप जवरजस्तीको राज्इ सत्ता शासन चलाएको अवस्था छ । निित विहिन पोपुलिष्ट, स्टनवाजी र हैकमबाजीको राज्य चलाउनु भनेको देश र जनताका लागी सुखद अवस्था मानिदैन र हुदैन । देशबाट दैनिक २ हजारभन्दा बढी विमानस्थलबाट बाहिरी देशहरुमा कामको खोजीमा पलायन भैरहेका छन, गत पौष महिनामा मात्रै ६५ हजारले देश छोडेको कुरा बाहिर आएको छ भने, नेपालको जनसंख्याको १ तिहाई नागरिकहरुले आफ्नो मातृभूति नेपाल छोडी सकेको छ ।
प्रत्येक नेपालीको टाउकोमा ८१ हजार ऋण र २४ खर्ब वैदेखिक ऋण भार राज्य माथि पुगी सक्यो ।
यसरी हरेक प्रकारले नेपाल राष्ट्र जाखिममा परी सकेको अवस्था छ । स्वास्थ्य चौकी, अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ छैन नागरिकको सहज रुपमा सिटामोल सम्म पाउन सकेको छैन । कृषि क्षेत्रमा किसानले गुणस्तर बिउबीजन मलखाद र आवश्यक न्यूनतम सहयोग पाउन सकेको छैन । आम सर्वसाधारण जनताले गाडीको भाडा तिर्न नसक्ने अवस्था
छ । पहाडका डाडाकाडा डोजरेबल बाटा सडक खन्दैमा लाखौं किलोमिटर सडक बन्यो भनेर ढङ्ग्रो पिटदैमा विकास भयो भन्ने स्टनवाजी गर्नु भनेको नालायकीपन हो । दिनहु सडक दुर्घटना भैरहेको अवस्था छ ।
देशमा अर्थतन्त्र सबल छ, नेपाली आम जनताको जीवनस्तरमा सुधार भएको आधारहीन, तथ्यहीन र नैतिकहीन भएर राज्य सत्ता पक्ष र संयन्त्र तथा संस्थाहरुले भन्नु नीति र विधि नाघेर जनतालाई मुर्ख बनाउने र पोपुलिष्ट बन्ने काम शासन गर्नेहरुबाट भएको छ, जनताको ठहर छ ।
राजनीतिक क्षेत्रमा राजनीतिक नेता, नेतृत् वगर्नेहरुले निष्ठा र नैतिक धरातल छोडी सकेको छ र नेपाल केवल राजनीति गर्ने खेलो मात्र बनेको छ । नेपालमा वर्तमानको अवस्था, व्यवस्था र प्रणालीबाट बाह््य शक्तिको बक्रदृष्टि र हस्तक्षेत्र भएर सबै क्षेत्र लथालिंग भताभुङ्ग भैसकेको, देश, दुर्जन र राक्षसी, दानवी, भ्रष्टिकरणको मुलुक बन्न पुगेको छ । राष्ट्र, राष्ट्रियता कमजोर भएर
राष्ट्रवादको चिन्तन हराउने काम भएर बाहिरी हस्तक्षेप र परनिर्भरता बढेर मगन्ते नेपाल बन्न पुगेको छ ।
राष्ट्रिय सभ्यता, मौलिक इतिहास, कला, धर्म, संस्कृति, परम्परा, सामाजिक मान्यता, इमान, स्वाभिमान गुमी सकेको छ । भ्रष्ट र असहिष्णुताको राज्य सञ्चालन चलीरहेको स्थितिले गर्दा देश र जनताको अबुन्नति र दुर्गती भएको छ । घुसखोरी, कमिसन खोरी, भ्रष्टाचार र कुशासनबाट देश चुर्लम्म डुबी सकेको अवस्था छ ।
विश्वमा नेपाल बैभवशाली, गुरुराष्ट्रको रुपमा मान्यता प्राप्त भएको देश हो । प्राकृतिक जल, जमिन, हावापानी भएको सबै प्रकारले सम्भाव्यता भएको नेपाल ३ दशक यता राज्य सञ्चालकहरुबाट देशलाई विकृति, विसंगती र विपत्तिको संघारमा पु¥याएको छ ।
परिवर्तनको नाममा प्रजातन्त्रमा गणतन्त्र मिसिएर लोकत्नत्र जस्तो नामबाट अथ्र्याउने काम भएको छ, यसैलाई नेपाली जनताले ल्याएको भनिएको छ । जालझेलतन्त्र, ठगीतन्त्र, भ्रष्टिकरणतन्त्र, मनपरीतन्त्र, अपराधीकरणतन्त्र, कुशासन तन्त्रबाट नराम्ररी प्रभावित भएर देश र जनता ओरालो लाग्दै दल दलमा फस्दै गएको अवस्था छ । नेपाल एकीकरण गरी नेपाल निर्माता श्री ५ वडामहाराजा पृथ्वीनारायण शाह र बीर बहादुर नेपालीहरुहरु तथा प्रजातन्त्र र स्वतन्त्रताका लागी ज्यानको आहुती दिन लखनथापा र अमर सहीदहरु शुक्रराज, गंगाला, धर्मभक्त, दशरथचन्दप्रति हाम्रो सच्चा श्रद्धासुमन ।
देशको स्वाधीनता, स्वतन्त्र अस्तित्व, अनुभूति, महसुस गरेर नागरिकले आफ्नो भ्रमि स्वदेश भित्रै गरीखाने कामको रोजगारीको अवस्था व्यवस्थाबाट बन्चित भएको वर्तमान अवस्था छ । शासनसत्तामा पुगेका र राज्य सञ्चालन गर्नेहरु र उनका नातापाता, आसेपासे, झोले लगायतका लाभ र स्वार्थ प्राप्त गर्नेहरु मोटाउँदै, धनाड्य हुने तर आम नागरिक जनता भने गरीब र दुर्बल हुदै जानु अभिषाप र दुर्भाग्यपूर्ण अवस्था बनेको छ ।
धेरै पटक मन्त्री, प्रधानमन्त्री, सांसद, समितिका सभापति र सदस्य भएर पदप्राप्त गरेकाहरु राज्यको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्ने, फर्केपछि उनी उनीहरुबाटको उपलब्धी भनेको देशमा अनियमितता र भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार,
अपराधिकरणको राजनीति र राजनीतिको अपराधिकरणमा बल पु¥याउने काम भैरहेको छ । विकसित मुलुकहरुले गरेको विकास प्रगति गरेको बारेमा भने सञ्चार माध्यम र सभा समारोहमा खुबै प्रसंसा गर्ने र महत्वकांक्षी बनन खोजेका, कस्तो लाजमर्दो हाम्रा देशका नेताहरुको विशेषता ।
नागरिकहरु दैनिक हजारौको संख्यामा देश छोडी पलायन हुदै तर नेपालका राजनीतिक दलका नेता, नेतृत्व शासन सत्ता सञ्चालन गरेकाहरु भने चुनाव जित्दै, खादा र फूलमाला सज्जित भएर हर्ष, बडाईका साथ पद हासिल गर्दै । नेपालले यसरी नाम कमाउँदै गरेको छ, भने नेपाली जनता पनि ताली बजाउँदै गरेका छन । कस्तो विडम्बना ? वर्तमान परिप्रेक्ष्यमा केही सञ्चार माध्यम र स्टुडियो खोलेका तथा पत्रकाहरु अहिलेको प्रणाली र व्यथिति, भ्रष्टिकरण, अन्याय, अत्याचार, दुराचार, कुशासनबाट चलिरहेको नेतृत्व, नेताप्रति उदारता र पक्षधर रहेका जनताको ठहर छ । यसै प्रकार केही विश्लेषक र पेशाकर्मी समेत पनि जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालय हटाउनुपर्छ र प्रदेशमा प्रहरी, सेना क्षेत्रगत भए मात्र जनताको विकास र समृति हुन्छ भन्ने गरेका गलत भाष्यले उनीहरुसँग विज्ञता नभएर अनभिज्ञता र अज्ञानता भएको ठहर्छ ।
नेपालमा ५ दशक अगाडी खोलेका सञ्चालनमा रहेका र देश र जनताले सुख भोग गरी राखेका ठूला उद्योग, कलकारखाना जस्तो हेटौडा कपडा उद्योग, चीनी उद्योग, भृकुटी कागज कारखाना, जुटउद्योग, छालाजुत्ता कारखाना, कृषि औजार कारखाना लगायतका दर्जनौं उद्योग प्रजातन्त्र पुनरबहाली पछि २०४८ सालमा नेपाली कांग्रेस सरकारले विक्री गरि ध्वस्त पारेको जगजाहिर छ, त्यही बेला देखि नै देशमा बेरोजगारी बढ्दै भ्रष्टिकरण तर्फ उन्मुख भएर गएको परिणामले देखाएको छ । एवं प्रकारले वर्तमानको सरकारले ५ दशक अगाडी देखि सञ्चालन र उत्पादन भैरहेको कपास विकास उत्पादनलाई झन बढी प्राथमिकता र महत्व दिनुपर्नेमा त्यसलाई उन्मुलन गरेको स्थिति छ ।
यसरी किसानले उत्पादन गरेको कृषिजन्य बस्तुमा आलु प्याजमा भ्याट लगाएको , कृषि उत्पादन र किसानको अबमूल्यन गरेको, किसानप्रति दलगत शोषण गरेको अवस्था छ तर हाल देशमा ८ वटा कृषि मन्त्रालय छन, विभागीय मन्त्रालयमा सहित ८ वटा कृषि मन्त्रीहरु छन तर जवाफदेहिता र जिम्मेवारी नरहेको असक्षमता र अकर्मन्यताबाट किसान जनता मारमा पर्न गएको अवस्था छ । देशमा व्याप्त भ्रष्टाचार हुने गरेको अनावश्यक फजुल आर्थिक बजेट व्ययभार बोकेका, राजनीतिक दलका कार्यकर्ता, गण्डागोल हारेका असक्षम जनताको नजरमा गिरेकाहरुलाई प्रदेश सभा र राष्ट्रिय सभामा जमघट गराउने कामको प्रणाली खारेज गर्नुपर्छ भन्ने जनताको माग रहेको सुनिन्छ जुन सतप्रतिशत सत्य छ । नेपाल र नेपालीको भावना अनुसारको २०७२ को संविधान बनेको हो त ? राजनीति दलहरुको अदूरदर्शिता, अक्षमता, दलीय स्वार्थ केन्द्रित, अकर्मन्यताका कारण आज राष्ट्र र जनताको दुर्दशा हुन पुगेको छ । सुधारोन्मुख दिशातिर देशको आम जनता र बौद्धिक जगत जानकार सबैको सार्थक जागरुकताको टडकारो आवश्यकता देशले खोजेको छ ।
नेपाल विश्वासान्ति, अहस्तक्षेप, असंलग्न परारष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेर आफ्नो आन्तरिक र बाह्य नीति अबलम्बन गर्ने देश हो । तर आज सत्ता शासन गर्ने राजनीतिक दल र तिनका नेता नेतृत्व लगायत केही आफूलाई विश्लेषक जानकार सम्झनेहरु भने यिनी सिद्धान्तप्रति हल्का रुपले टिप्पणी गर्ने र संलग्न नीतिको वकालनका साथै बाहिरी मुलुकप्रति परस्थ भएर परतन्त्ररुपी भएर देशको राज्य सत्ता चलाउनु भनेको देश र जनताका लागी दुर्भाग्य हो ।
(कृष्ण बहादुर चन्द : समाजसेवी पूर्व कृषि अधिकृत, पाटन न.पा. ६ पाटन बैतडी । )

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh