ई – दिशानिर्देश

राजा प्रधानमन्त्रीले आफ्नो सुरक्षा आफै गर्न सक्दैनन्

२२ माघ २०८०, सोमबार
राजा प्रधानमन्त्रीले आफ्नो सुरक्षा आफै गर्न सक्दैनन्


बलदेव अवस्थी

देशका प्रमुख अंग राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले आफ्नो सुरक्षा आफै गर्न सक्दैनन् । अमेरिकाका राष्ट्रपति, भारतका प्रधानमन्त्रीहरुको पनि हत्या भयो कारण आफ्नो सुरक्षा आफै गर्न सक्दैनन् विश्वासमा परे धेरै विश्वासमा रहे । त्यस्तै राजा विरेन्द्रको हत्या त झन बंश नै नास हुने गरी भयो । विश्वासमा रहे आफ्नो सुरक्षा आफै गर्न सकेनन् । बरु माओवादी नेता प्रचण्ड बाबुरामहरुले देशमा सशस्त्र आन्दोलनको नाममा नेपालीहरु मारिए अन्तमा दिल्लीको संरक्षकत्वमा १२ बुँदे सम्झौतामा टुङ्गियो । जो आज पनि १२ बुदेँकै सहमतिले नेपाल चलेको छ । यदि आज पनि राष्ट्रपति तथा प्रधानमन्त्रि आफ्नो सुरक्षा आफै गर्न सक्तैन सकेका छैननर र अर्काको हातमा दिएका छन, उनै माथि विश्वास छ यदि भोली कसैले विश्वासघात गरिदियो भने आफ्नो सुरक्षा आफै नगर्न सक्नेले देशको सुरक्षा कसरी गर्न सक्छन भनेर हामी भन्छौ भने के त्यो जायज हो आज हरेक प्रसंग झिकी त्यसै भनि रहेका छन । जव राजा ज्ञानेन्द्रले आफ्ना दाज भाउजु लगायतका आफ्नो परिवारलाई बचाउन सकेनन् भने के उनले देश बचाउन सक्छन भन्ने कुतर्कहरु नेताहरु गरि रहेका छन । राष्ट्रको सुरक्षाको जिम्मा एक व्यक्तिको हातमा हुदैन नीति बनाउनु पर्छ राष्ट्रलाई कति सम्मानित बनाउने सिमाहरुको सुरक्षा मात्र हैन यहाँ त देशकै अस्तित्वको कुरा उठेको हुन्छ राष्ट्र बचाउन दयामाया र विश्वास भन्दा पनि नीति चाहिन्छ अटल खटल निरिक्षणको कुरा आउँछ । राष्ट्र बचाउने भनेको माटो सिमाना र देशलाई अरुले लगेर जाने मात्र भनेको होइन बचाउनु भनेको देशका
नागरिक बचाउनु पनि प्रमुख कुरा हो । जनता आफ्ना छोराछोरीलाई हामीले बचाउन सकेका छैनौ हामी आफ्नी श्रीमती छोरी दिदीबहिनीहरुलाई घरेलु कामको नाममा क्रुर खाडी देशका ठालु सेटहरुको कोठीमा काम गर्न पठाई रहेका छौं । सबै घटना त्यस्ता नभएपनि धेरैले यातना दिई झुटो आरोप लगाई मुद्दामा फसाई मृत्युदण्ड पनि पाएका छन । बोली भाषा मिल्दैन पुलिसले बोलेको हामी जान्दैनौ हाम्रो बोली त्यहाँको सरकार पुलिस जान्दैन र मुद्दामा के बयान लियो के मैले भने भन्न सम्म थाहा नहुने हुँदा साविति बयान दिएको देखाई मुद्दा चल्छ । अर्को पाटो छ यौन हिंसामा परी गर्भ बोकी नेपाल फर्केका घटनामा पनि कमी छैन । सरकार नेता अन्धा भएका छन ।
त्यति मात्र पनि हैन उद्योग कलकारखाना नेपालीहरुको स्वामित्व वाला खोली विक्री गरी नेताहरुले मस्ती गरेका छन । कमिसनको लागी विदेशी कम्पनी र विदेश सित सम्झौता गरी सामान आयात गर्ने तर जनताले सोझै सामान ल्याउन नपाउने जस्तै जीप, कार, बस, ट्रक, मोटरसाइकल सोझै ल्याउन पाउदैनन् । महंगो भए पनि नेपालका एजेन्सीहरुबाट किन्नुपर्ने बाध्यता छ । भारतमा ५ लाख पर्ने जीप नेपालमा ४५/५० लाखमा किन्नु परेको छ । नेपाली उद्योगीहरु माथि सरकारी तथा बैंकहरुको शोषण छ ऋण लिदा धितो राखेको सम्पत्ति ऋण चुक्ता गरे पनि फिर्ता नपाएका तमाम घटनाहरु छन ।
आज प्रजातान्त्रिक जनतन्त्र लोकतन्त्र नामको सरकार छ देश लुटिएको छ, बरु राजसंस्था भएको समयमा देश जनता सुरक्षित छौ भनि ढुंक्क थिए आज छैनन् । बैदेशिक व्यापार घाटामा छ देशमा उत्पादन सुन्य बराबर छ । चिया बगानहरुको अवस्था नाजुक छ अन्न निर्यात मुखी नभएर आयातमुखी छ । स्कुल क्याम्पसहरुमा विद्यार्थीको संख्या घटदो अवस्थामा छ । कृषि प्रधान देश आज वैदेशिक रोजगार मजदुरको खानी भएको छ । भनिन्थ्यो राणा सरकारमा स्कुल खोल्न दिदैनथे त्सरी नै आज युवाहरुलाई देशमा रहन दिनु भन्दा विदेश पठाउनमा नेता सरकार लागी परेको छ ।
सरकार आज उन्नत विउ विजन औद्योगिक सामग्रीकोलाई विदेश सित सहयोग नमागी वैदेशिक राजगारीमा मेरा नागरिक लगी देउ भनि विदेशी सित सम्झौता गरी रहेको छ । जो अत्यन्त लाजमर्दो र दुःखद हो । चौतर्फीबाट राज्यको अनैतिक दोहन भैरहेको छ हेर्ने वाला कोही छैन, देशको कच्चा पदार्थद्धारा राष्ट्रको विकास निर्माण गर्नमा बाधा पुगेको छ । ढुंगा, गिट्टी, बालुवा कम्पनीहरुलाई सताउने काम केवल पैसाको लागी मात्र भैरहेको छ । देशको कच्चा पदार्थ बालुवा गिट्टी, ढुंगाद्धारा विकास निर्माणका काम हुन्छन भने वनस्पति कच्चा पदार्थबाट कागज गत्ता कपडा उद्योग सञ्चालन गरिन्छ, केवल थोरै मात्रामा केमिकल मात्र विदेशबाट मगाउनुपर्ने अवस्था थियो । वनस्पति, जडिबुटीबाट औषधीहरु निर्माण गराउन सकिने अवस्थालाई आज बचाउन सकिने अवस्था छैन कच्चा पदार्थ नाम मात्रको पु¥याए पनि ब्ल्याकबाट निकासी
गरिन्छ । नेपालमा न उद्योगहरु पुनः सञ्चालन गर्न सके न नेपालीकै जिम्मामा छोड्यो उद्योग कलकारखाना बेची नेताहरुले मस्ती उडायो २०४५ सालसम्म म पंक्तिकार स्वयमले देखेको छु नेपालमा सबै उद्योगहरु त्यस बारेमा त पटक पटक उद्योगहरुका नाम प्रकाशित हुदै आएकाले सबैलाई थाहाँ छ हिजो अस्ती मात्र प्रधानमन्त्रीबाट जानकारीमा आयो कि हेटौडा कपडा कारखाना तथा बुटबल धागो कारखाना सेनाद्धारा भए पनि सञ्चालन गराउँदैछौ भनेकोमा खुसी लाग्यो, कपास खेती तथा धागो र कपडा कारखाना प्रत्यक्ष अप्रत्यक्ष गरी कम्तीमा पनि ५/१० हजार नेपालीले रोजगारी पाउनेछ । देश जोगाउनु भनेको सिमाना अतिक्रमण गर्नु मात्र नभई यहाँका उद्योग कलकारखाना सनातन धर्म संस्कृति लोप गराई देशको अस्तित्व मेटाउनु पनि देश नै बेचेको हो भनि भन्नमा आपत्ति छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh