ई – दिशानिर्देश

के बेचिएका उद्योगहरु फिर्ता ल्याउन मिल्दैन ?

२८ माघ २०८०, आईतवार
के बेचिएका उद्योगहरु फिर्ता ल्याउन मिल्दैन ?

नेपाललाई मित्र राष्ट्रहरुले दाईजोमा दिएका उद्योगहरु प्राय मूल्य घटाई सबै विक्री गरेका छन । केवल निजी क्षेत्रले सञ्चालन गरोस भन्ने थियो ।
सरकारले चलाए घाटा नाफा सरकारको हुने थियो भने निजीले चलाए जसले चलायो उसैको हुन्छ । तर उद्योग चलाएनन् केवल बेच्यो र किन्यो मात्रै केवल नेपाल उद्योग बिहीन मात्र भयो । यसरी उद्योग ओगटन मात्र प्राकृतिक नियमले पनि मिल्दैन । जस्तोकी महाकाली सिचाईको नहरको पानी छ त्यो पानी पोतको लागी मात्र हैन पुरै पानीको पैसा तारेर कसैले पनि नदीमा फाल्न मिल्दैन त्यस्तै गैडाकोटको कागज कारखाना राष्ट्रको आपुर्ति गर्न र स्वदेशमा नै नागरिकले रोजगारी पाउनु हो न कि उद्योग खरिद गरी बन्द गर्नु त्यहाँको जग्गाको सौदाबाजी गर्नु त्यस्तै ट्रलीबस जो विजुलीबाट चल्दथ्यो, त्यसमा विद्युत मोटर थिए लाईनबाट रेलको जस्तै चल्ने बनाएको थियो त्रिपुरेश्वर देखि भक्तपुरसम्म चीन सरकारले बनाइ दिएको थियो बसहरु दिई स्टेशन टर्मिनल भवन बनाइ दिएको त्यसबाट राष्ट्रलाई फाइदा नै थियो बेफाइदा थिएन द्वन्दकालमा स्टेशनलाई र बसहरुलाई माओवादीले क्वाटरको रुपमा परिवर्तन गरे लाइन र विजुलीका पोलहरु लुटी लगे कहाँ हाल्यो खोजविन भएन राष्ट्रको सम्पत्तिको यसरी हिनामिना गर्दा कारवाही गरी क्षतिपुर्ति भराई दिने कोही रहेनछ त्यो त हाम्रो पनि सम्पत्ति हो तपाइको पनि । साँझा यातायातका ४० बस एकमुष्ट जापानले दिई ओर्कसप पेट्रोलपम्प समेत पुलचोक तर्फ बनाई दिएको थियो । सबै नेपालीहरुले सुविधा लिउन भनेर निजीमा एक बस सञ्चालन गर्नेले करोडौ मुनाफा कमायो भने साझालाई बस स्टेशन, वर्कशप पेट्रोल पम्प समेत आफै मित्र देशले बनाई चलाउन दिएकोमा कसरी घाटा आयो ? सबै उद्योगहरको बारेमा लेख्न त आज सकिदैन ठूला रोजगारीमूलक जनसरोकार भएका चिनी, सिमेन्ट, छालाजुत्ता उद्योगहरु बेची आज जग्गा समेत धाधली गरेर विक्री गरेको देख्दा नेपाली नागरिक भएको नाताले दुःख पनि अवस्य लाग्छ । उद्योगहरु चलाई रहेका भए त जनताले रोजगारी पाई समान आपुर्ति पनि हुने थियो तर चलाउन होइन कि बन्द गर्न बेचेकाले पुनः फिर्ता लिनुपर्ने हाम्रो राय
र माग छ । चलाई राखेको भए त एक कुरा थियो उद्योग विहिन बनाउने नीतिले नेपालको बैंकबाट रकम लिई किने मात्र अव बेचिएका सबै उद्योगको सम्पत्ति समेत विक्री मूल्य दिई फिर्ता ल्याई विदेश पलायन भएका उद्योग सञ्चालन गर्न मन्जुर भएका प्रवासी नेपालीबाट नै भए पनि यथासिघ्र सञ्चालन गर्न आजको आवश्यकता रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh