ई – दिशानिर्देश

बुद्धिमान नेताहरुको प्रखाईमा नेपाल

२८ माघ २०८०, आईतवार
बुद्धिमान नेताहरुको प्रखाईमा नेपाल

बलदेव अवस्थी

सियो देखि सब्बलसम्म र नूनदेखि सूनसम्मको अध्ययन गर्दा नेपाल बुद्धिमान नेताहरुको प्रखाईमा रहेको छ । नेपाल र नेपालीहरु प्रतिक्षाको घडी विताउन कठिन मानिरहेको कुराको महसुस भइरहेको छ । विदेशीले देशमाथि चालेको कुचाल बुझ्न सकि रहेका छैनन् । राष्ट्रको स्वाभिमान बचाई राख्ने नेताहरुको आवश्यकता खडकिएको छ । जव भारतले नेपालबाट केही प्राप्त गर्नुछ भने अनेक अप्ठ्याराहरुको सुरुवात गरी नेपालबाट फाइदा उठाएको समयमा पनि नेताहरु त थिए नै जव अंग्रेजले दक्षिण एसियाबाट हटेर जाँदा पाँचसय राजा रजौटा भएको देश एकिकरण गरी इन्डिया नाम दिई एक देशको निर्माण ग¥यो अन्तमा जव इन्डिया, पाकिस्तान, म्यानमा आदि देशहरु जस जसबाट लिएको थियो त्यसैलाई फिर्ता दिने क्रम चलेको अवस्थामा नेपालको केही भूभाग जो सुगौली सन्धीको नाममा महाकाली पश्चिम मेची पुर्व एरिया दक्षिण तर्फको गुमेको भूभाग नेपालले फिर्ता माग्ने दावी तुरुन्तै नगरोस भनेर नेपालका युवा नेता विपी कोइराला लगायतका कैयौ नेताहरुसँग नेपालमा पनि प्रजातन्त्र ल्याउन सहयोग गर्छौ भनि नेपालको राणा शासनको विरुद्धमा नेता तथा राजा त्रिभुवनलाई समेत हातमा लिई सुगौली सन्धीमा गुमेको भूभाग अप्रत्यक्ष रुपबाट हड्पन खोज्यो हालाकी १९५० को नेपाल भारतको मैत्री सन्धीमा समेत सुगौली सन्धी अर्थात १९५० भन्दा पुर्व अंग्रेज सित गरिएका सन्धीहरु सबै खारेज गरिन्छ भनेका छन । २००७ सालमा त्यो गुमेको भूभाग लियो भने त्यसपछि गण्डकी कोसी प्रोजेक्टहरु बनाई एकतर्फी सिचाँइ र विजुलीको काममा ल्यायो । त्यस्तै गरी महाकाली सन्धी गर्न खोजेका थिए जवाहरलाल नेहरु राजा महेन्द्र सित भारतले चाहे जस्तो भएन र गरेन त्यसपछि पनि इन्दिरा गान्धीले पनि नेपाल सित सम्झौता गर्न खोजिन प्रधानमन्त्री सूर्यबहादुर थापा समेत भएको बेलामा पंचेश्वर बाँधको बारेमा सम्झौता गर्ने र त्यसमा काम गर्ने प्राविधिक ओभरसियर तथा इन्जिनियर गरी ८०० जना प्राविधिकहरु तयार गर्न नेपालबाट रुडकी गए । आजसम्म पञ्चेश्वर सम्झौता कार्यान्वयन भएन विद्युत गृह भारततर्फ बनाउने भनाई भारतको रह्यो भने नेपालले नेपाल र भारत दुवैतर्फ बनाउने तर विजुली जहाँ चाहियो त्यहाँ लैजान पाउने भन्ने मनसाय प्रकट गरेपछि त्यसतर्फ भारतले खास ध्यान दिएन बरु अन्तमा गई बलजफती जनकपुरबाट बाँधको निर्माण ग¥यो नेपाल राजी भएन त्यसपछि पुनः नेपालमा बहुदलीय नामको प्रजातन्त्र ल्याउने भनि आन्दोलनको सुरुवात चन्द्रशेखर लगायतका नेता नेपालमा आई नेपाली नेताहरुलाई हातमा ल्याई २०४६ को आन्दोलन सफल पार्न नेपाल भारतको आर्थिक व्यापार पारबहन नाकाबन्दी लगाई राजालाई कमजोर पार्ने षडयन्त्र गरी नाकाबन्दी १९ महिनासम्म लगायो । विदेशी सित झुक्नु भन्दा नेपाली जनता सित झुक्नु ठीक छ भनि राजा विरेन्द्रले पंचायत पक्ष र बहुदल पक्ष बीच मेलमिलाप गर्न माननीय लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाई दुवै पक्ष सित सहमति गरी कृष्णप्रसाद भट्टराई नेपालका प्रधानमन्त्री बनेका थिए । २०४७ सालको संविधान अनुसार राजसंस्था संवैधानिक रह्यो । २०५३ सालमा नेपाल सरकारको बहुमत छदै ने.का.का गिरिजा प्रसाद कोइरालाले सांसद भंग गर्न संवैधानिक राजालाई मन्त्रि परिषद्को निर्णय गरी दियो र सांसद विघटन भयो । निर्वाचन भयो बहुमत कसै पार्टीको पनि आएन । ने.का. र राप्रपाको संयुक्त सरकार बन्यो मनमोहन अधिकारी प्रधानमन्त्री बने ने.का.ले समर्थन फिर्ता लिएपछि संसद विघटन गर्न राजामा सिफारिस गरे तर राजा विरेन्द्रले सोझै विघटन नगरी राप्रपाले दिएको समर्थन पनि फिर्ता नलिएको अवस्थामा सांसद विघटन गर्न न्यायसंगत छ कि छैन गर्न मिल्छ मिल्दैन भनि सर्वोच्च अदालतलाई सोधेका थिए अन्तमा न्यायसँगत नहुने हुँदा सांसद विघटन गराइएन सर्वोच्च अदालत राजा भन्दा पनि माथिल्लो स्थानमा थियो । आज त्यति ठूलो शक्तिशाली अदालतलाई तल झार्ने दुस्प्रयास देखिन्छ ।
नेपालले आजसम्म बुद्धिमान नेता पाएको महसुस गरेका छैन । हामी नेपालीहरु त्यसकै खोजीमा छौं । कुवामा खसेको भ्यागुताको लागी त्यही संसार छ भनेझै हाम्रो लागी आज ३० वर्ष सम्म शेरबहादुर देउवा, माधव नेपाल, केपी शर्माओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई बाहेक कसैलाई हामी चिन्दैनौं र चिन्ने मौका पनि पाइदैन । बालेन शाह, गोपी हमाल जस्ता इमान्दार सक्षम नेता त नेपालमा अरु पनि छन तर हामीले चिन्न सकेका छैन त्यसको मूल कारण हो हामी यिनीहरुकै दासत्वको जीवन विताई रहेका छौं । पहिले राजा संरक्षक थिए शासक जनताबाट नै निर्वाचित गरिन्थे राम्रो काम नगर्ने र बदमासले अर्को पटक पालो पाउदैन थिए । जनताले आफ्नो भन्दा पनि राम्रो मान्छेलाई छान्दथे । आज त्यस्तो छैन पार्टीहरुले नेता छान्छन तर जनताले छान्न पाउदैन । बहुदलीय व्यवस्था त छ तर प्रतिपक्षी छैन सबै पक्ष नभए खान भ्रष्टाचारको हिस्सा पाउदैनन् सबै पार्टी मिलेकै कारणले बालुवाटार प्रधानमन्त्री निवास एरिया ललिता निवासको जग्गा खाए, भ्रष्टाचार गरी देश र जनतालाई ठगी अतुक सम्पत्ति कमाएकाले पुर्व आइजीपी भरत गुरुङ, डिवि लामाहरुको जफत गरिएको सम्पत्ति फिर्ता गरेका देखियो, नारायणहिटी पशुपतिनाथको जग्गामा पनि रजाई गरेकै छन । चियाबगानका हजारौं रोपनी जग्गामा मनपरी गरेका छन । त्यति मात्रमा चित्त बुझाएनन् करोडौं हाल त अरबौको भृकुटी कागज कारखाना बदनियतपुर्वक विक्रीको बहानामा बन्द गरी प्रत्यक्ष हजारौं र अप्रत्यक्ष लाखौं जनताको रोजगारी खायो उक्त असक्षम नेताहरुले के बाँकी राखे केही राखेका छैनन् । देशले आर्थिक संकटबाट बच्न विक्री नगरी नेपाललाई उद्योग विहिन बनाई परनिर्भरमा जनताहरुलाई विक्री गर्न गरेका खेल हुँदा अब राष्ट्रको तारा रुपी नेताको उदयको माग गरेका छौं हामीले ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh