ई – दिशानिर्देश

उद्योग वाणिज्य संघले उद्योगी र व्यापारीको मुद्दा किन बोक्दैन

४ चैत्र २०८०, आईतवार
उद्योग वाणिज्य संघले उद्योगी र व्यापारीको मुद्दा किन बोक्दैन

महेन्द्रनगरका व्यापारी उद्योगीहरुले एक उद्योग वाणिज्य संघको वैधानिक गठन गरेको भए पनि भोट माग्ने बेला पसल पसलमा व्यापारी उद्योगी सित गएर हात जोडदछन त्यसपछि भने व्यापारी र उनको कारोबारलाई चिन्न छोडी हाल्छन । महेन्द्रनगरका धेरै व्यापारीहरुको उठीबास भएको छ । भाडा बुझाउनसम्म पनि आम्दानी छैन आफ्नो ज्याला मजदुरीको हिसाव त कोही व्यापारीको पनि छैन । कोठाभाडा, नगरपालिकाले नै महंगो लगाएको छ भने व्यक्तिगत घरधनीहरुले पनि त्यो भन्दा कम गर्दैन व्यापारीहरुमा ८०% साना व्यापारी छन मासिक घरभाडा ५/६ हजारसम्म पनि तिर्न नसक्ने व्यापारीहरुलाई ८/१० हजार मासिक भाडा नगरपालिकाले लगाएको छ त्यति मात्र हैन तिर्न ढिला भएमा व्याज जरीवानामा पनि फसेका छन । पसल छोडौ रोजगारी छैन दिन विताउने ठाउँ छैन व्यापारी उद्योगीका प्रतिनिधि उद्योग वाणिज्य संघलाई वास्ता छैन भने साना व्यापारीहरुले कराउन कहाँ जाने नगरपालिकाले सुन्दैछन बल चाहिन्छ । 
बल उद्योग वाणिज्य संघ सित रह्यो त्यसलाई हातमा लिएर नगरपालिकाले जति पनि भाडा लगाई असुल गर्छ । त्यो भन्दा त बरु खोकाछाप्रा उद्धार संरक्षण समितिले खोकाछाप्राको संरक्षण गरी पक्की पक्की आफूखुसी नगर विकास समिति सित मिलेर घर बनाई भाडा असुल गरी खाई रहेको छ भने उद्योग वाणिज्य संघ महेन्द्रनगरलाई धिक्कार छ कुनै पहल अनुगमन सुख दुःख, गाह्रो कठिनाई सुख सुविधाको अध्ययन गरी व्यापारीहरुको पक्षमा बोल्दै बोल्दैन केवल २ नं. धन्दा त गर्दैन भन्ने बरु जनगुनासो सुनिन्छ ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh