ई – दिशानिर्देश

वर्तमान सांसद सभा निलम्बन हुनुपर्छ

६ जेष्ठ २०७४, शनिबार
वर्तमान सांसद सभा निलम्बन हुनुपर्छ

देशको कठीन परिस्थितिमा सभासदहरु पनि अलमलमा परेका छन् । भागबण्डा ५ वर्षको पञ्चवर्षिय सरकार हुनुपर्छ । ६÷६ महिनाको भागबण्डाले देशको अर्थतन्त्र, विकास निर्माणका काम राजनीतिक व्यवस्थाको ठोस सुधार र विकासको लागि वर्तमानको व्यवस्थापिका सभालाई निलम्बन गरी नया“ जनादेश लिनु अपरिहार्य भएको छ । यस्तो अवस्थामा न्यायको ठाउमा न्याय छैन ।

व्यवस्थाको ठाउमा अव्यवस्थित भएको छ । भ्रष्टाचार नियन्त्रण निकाय र न्याय क्षेत्र माथि तथा व्यवस्थापिका सांसद माथि समेत एक अर्काेबाट आक्रमण भएको अवस्थाको विकास हुदै गएको छ । एक पार्टीले सरकार चलाउन स्वतन्त्रता नपाएको अवस्थामा देशले एक बाटो अगा“ल्न सक्दैन । कुनै बेला पश्चिम, पूर्व गर्दै जनताका अमुल्य दिनहरु माथि खेलवाड मात्र होइन जसरी २०४७ को संविधानको उल्लङ्घन भएको थियो त्यसैगरी बडा कठिनले बनाएको ९० प्रतिशतको सहभागिता भनेपनि केबल ५÷६ जनाको खुसीले बनेको संविधानलाई बलजफ्ती सुरुदेखि उल्लङ्घन हुदै आएको छ । सभासदहरुले कुनै लोभलालचा नमानी वर्तमानको सभालाई भंग गरी नया“ जनादेश लिएर सभामा जानुपर्ने देखिन्छ र सरकारले पनि सभालाई निलम्बन गरी निर्वाचनको कार्यक्रम बनाउनु बुद्धिमानी देखिन्छ ।

जनताले पत्याउछन् कि नाई भनेर लुकेर ६०१ जनालाई देशले पालि राख्नु अत्यन्त दुखद देखिन्छ । जनतालाई जे जुन अधिकार दिएको ढोल पिटिदैछ बरु ति अधिकारहरुलाई कार्यान्वयन गराउनु राम्रो हुनेछ र सबै प्रान्तको स्थानिय निर्वाचन एकैपटक गर्नु कुनै जरुरी छैन । १÷२ वर्ष विराएर पनि प्रान्तिय निर्वाचन गर्न सकिन्छ तर सभासदहरुको निर्वाचन भने एकै समयमा गर्नुपर्दछ । निर्वाचन गर्दैमा करिब २ दशकमा प्रवेश गरी सकियो । जुन काम ३ वर्षमा सम्पन्न भई सक्नुपर्ने थियो संविधान पूर्ण लागु गर्न स्थानिय चुनावले मात्र पुग्दैन । निर्वाचित पदाधिकारीहरुलाई नियम बनाएर कार्य संचालन गराउनु प¥यो । पहिलो पटक भएको निर्वाचनले छानेका जनप्रतिनिधिलाई जनताको काम गर्ने माहौल जनप्रतिनिधिले बनाई दिएर बाकी रहेका ठाउ“को निर्वाचन गराउनु पर्ने देखिन्छ । वर्तमानका सभासदहरुको पुर्नउपस्थिति नभएपनि उनका भाईबन्धु छन् भने आइहाल्छन् ।

आफ्नो बहुमत छदै देशको हितमा बनाएको बजेट पास गराउनमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छदा“ धौधौ परेको थियो । अन्तमा केही सिप नलागेर साथ नदिनेहरुलाई ऐन कानूनले बर्खास्त गर्न पाउने व्यवस्था थिएन । त्यसैले पुरै सभालाई भंग गरी बहुमतमा रहेको सरकारले पछि नया“ निर्वाचन हुदा एक नम्बरबाट दुई नम्बरमा बस्नु प¥यो । तैपनि उनलाई कुनै दुःख लागेन । किनभने देशलाई जहा“ पु¥याउने उनको इच्छा थियो त्यहा“ पु¥याउन उनी सफल भए । वर्षाै पूर्व मरिसकेको सांसदलाई जीवित गराएर आफुले बहादुरीका साथ पुर्नजीवित भएका सांसदहरु द्वारा हात उठाउन लगाई राजसंस्थालाई पाखा लगाउनमा समेत उनी सफल मात्र भएनन् यो देशको बेहाल गराउनमा समेत उनी राजी भएको देखिन्छ । आज त्यो अवस्था छैन । प्रधानमन्त्रीलाई चारैतिरबाट विपक्षी पार्टीहरुले दुःख दिइरहेका छन् । सुखका साथ बस्न दिएका छैनन् । गिरिजा बाबुको अख्तियारी लिएका पी.एम. दाहाललाई सभा विगठन गर्नमा कुनै आपत्ति नहुनुपर्ने हो । एक पटक विगठन भई दुख पाएमा पुनः सबै सभासदहरुको बुद्धि खोल्ने देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh