ई – दिशानिर्देश

धोकेवाज प्रचण्ड हैन अरु नै हुन

४ चैत्र २०८०, आईतवार
धोकेवाज प्रचण्ड हैन अरु नै हुन

आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई ने.का. का नेताहरु समेत धोकेबाज भनि रहेका छन जो एकदम झुटा कुरा हो । यदि पुष्पकमल दाहाल धोकेवाज भएका भए ३२ सिटे कसरी प्रधानमन्त्री हुने थिए सबैको विश्वास आफ्नो क्षमताले प्रधानमन्त्री भएका छन । जनताको कृपा हो अरु कसैले उनलाई बनाएको नभई आफ्नो क्षमताले बनेका हुन उनले कसै नेता पार्टीहरुलाई धोका नदिएर केवल ने.का. एमालेको सहयोग र कुटनीति सकुनी चालले गर्दा उनलाई फसाई बरु देश र जनतालाई धोका दिन नखोजे पनि एमाले ने.का. ले गर्दा अवश्य धोका दिएका हुन । 
जनताका अधिकार सबै पार्टी मिलि खोकेकै हुन र देशमाथि अवश्य विश्वासघात गरेका प्रसस्त प्रमाणहरु छन । गृहमन्त्री, गृहसचिव जस्ता ओहदामा पुगेका व्यक्तिहरु तथा उनका परिवारहरुबाट जे जति अन्याय भ्रष्टाचार, मानव तस्कर भयो त्यो नै अतुलनीय क्षति त छदै थियो जनताका मत बेगर सनातन हिन्दु धर्म र राजसंस्थाको बहिरगमन गर्नु सवैभन्दा ठूलो अपराध हो राष्ट्र माथि विश्वासघात माओवादी भन्दा पनि ने.का. र एमालेको संलग्नता रहँदा रहदै आज प्रचण्डलाई दोष दिने ठाउँ छैन । जनता माथि गरेको विश्वासघातले बाटो भने पाउने छैनन्, देश कहाँ पुग्यो हामीलाई थाहा छ ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh