ई – दिशानिर्देश

गहुँ थ्रेसिङ गर्न मूल्य निर्धारण सार्वजनिक हुनु पर्यो

२१ चैत्र २०८०, बुधबार
गहुँ थ्रेसिङ गर्न मूल्य निर्धारण सार्वजनिक हुनु पर्यो
गहुँ बाली भित्र्याउन किसानहरु मारमा परेका हुन्छन । पानी पर्छ बाली खराब हुन्छ काटी सकेपछि तुरुन्त थ्रेसिङ गर्नुपर्छ नेपालीहरुका थ्रेसिङ आवश्यक मात्रामा छैन थ्रेसिङ गर्दा घण्टाको र बोराको हिसावले बढी पैसा लिने गरेकाले किसानको कुनै विकल्प नहुँदा मनपरी मूल्य दिएर पनि चुटाउनु पर्ने अवस्था आएकोले त्यस बारेमा जिल्ला प्रशासन तथा स्थानीय सरकारको ध्यान आकर्षण गर्न चाहन्छौ कि जसले घटीमा चुट्छ उसबाट चुटाउने भनेर भारतीय थ्रेसरहरुलाई पनि निर्विवाद रुपले आउन दिनुपर्ने व्यवस्थाको माग गरेका छन । त्यस कारण नगरपालिकाहरुले किसानको मर्कालाई ध्यानमा राखी थ्रेसिङ गर्नको लागी प्रति बोरा गहुँको चुटाई मूल्यलाई एक रुपमा कायम गरी प्रत्येक वडाहरुमा तुरुन्त जानकारी दिनुहुन हामी स्थानीय सरकार तथा नेपाल सरकारको जिल्ला प्रशासनलाई अनुरोध गर्दछौं । 
गहुँ चुट्दा जसको जति मन लाग्यो त्यति लिने गरेको त्यसमा पनि मुठा दिन गहुँ थ्रेसरमा राख्ने काम किसान आझैले गर्नुपर्ने हुँदा किसानको मर्का कसैले पनि सुनि नदिएकाले कृषक प्रतिनिधि लगायतका वडा सदस्य अध्यक्षहरुलाई सुविधायुक्त तरिकाले गहुँको चुटाई कार्य गर्न नेपाली टेक्टरहरुले नभ्याउने र मनपरी मूल्य लिने गरेकाले जनताको सुविधालाई ध्यानमा राखी गहुँ चुटाईको मूल्य तोकी भारतीय टेक्टरहरुको मूल्य तोकी भारतीय टेक्टरहरुलाई केवल कृषि कार्यको लागि सुविधा युक्त प्रवेशको व्यवस्था हुन जनगुनासा रहेको पाउँछौं सरकारको ध्यान जावस ।
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh