ई – दिशानिर्देश

महानिर्वाचन २०७४ को प्रथम चरण सम्पन्न

२१ जेष्ठ २०७४, आईतवार
महानिर्वाचन २०७४ को प्रथम चरण सम्पन्न

भक्तहरुले केवल भक्ति गर्ने हो फल दिने उनै अदृश्य विश्व शक्तिवान परमेश्वर हुन् । त्यस्तै छ भोलीका दिन कसैले विश्वासघात गरेपनि नेपालमा बीस वर्ष सम्म जनताका अधिकारहरु नेताहरुले परस्पर भागबण्डा गरी हनन गरेतापनि आज जनताको भक्तिले पहिलो पटक २० वर्ष पछि जनताका खोसिएका अधिकारहरु २०७४ को स्थानिय महानिर्वाचन द्वारा प्राप्त हुने संकेतका लक्षण विलक्षण देखा परिरहेका छन् ।

जनताका अधिकार जनताले फिर्ता पाउन हदै सम्म ढिला भएकै हो । यो अधिकार हाम्रा नेताहरुकै जिम्मामा सुरक्षित थियो । त्यसकारण आज फिर्ता भए । त्यो भन्दा पूर्व २०६३÷६४ सालमा राजा ज्ञानेन्द्र शाह द्वारा जनताको नासो जनतालाई फिर्ता गरेका थिए ।

यो विश्व इतिहासमा प्रशंसनिय रहेको छ । बरु देशका सबै ठाउ“का जनतालाई जनताको अधिकार फिर्ता गर्न हिचकिचाई रहेका छन् । जहा“का नेता तथा जनतामा समझदारी आयो देशको गौरवगाथालाई जसले सम्मान गरे त्यहा“का तिन प्रान्तहरुमा प्रथम चरणको निर्वाचन सम्पन्न भई जसबाट अधिकारहरु खोसिएका हुन् फिर्ता भईसकेकाले जनता तथा स्थानिय नेताहरु अत्यन्त खुसी भएका छन् ।

दोश्रो चरणको निर्वाचन नेताहरुको परस्पर झगडाले हुन सकेको छैन । दोश्रो चुनावमा हामीले अध्ययन गरेका मध्ये केही व्यक्तिहरु सरकारी नोकरीबाट अवकाश प्राप्त भई हुन सम्म गर्न सम्म सके सम्मका भ्रष्टाचारमा लिप्त भई रेडहैण्ड पक्रेर कारवाही भएकाहरु पनि वडा अध्यक्ष सम्मको निर्वाचनमा उम्मेदवार हुने लक्षण देखा परेकाले केही हद सम्म जनता चिन्तित भएका देखिन्छन् ।

सरकारी नोकीमा छदा फाईल हेरी माग्दा पनि विना रकम नहेरी दिनेहरु पनि जनताको सेवाको नाममा उम्मेदवार बन्ने संकेतहरु देखिएका छन् जुन यस समाजको लागि दर्दनाक हो । भावी दिनहरुमा भ्रष्टहरुले प्राथमिकता पाउने डर देखिएको छ । त्यस तर्फ राजनीतिक पार्टीहरुको ध्यान जानु अत्यन्त गम्भीरता देखिएको छ । जनताले मत दिन पाउने अधिकार भएपनि उम्मेदवार तोक्ने काम सिंहदरबार कै निर्देशनमा भई रहेकोले जनतामा अधिकार फिर्ता बारे अन्यौलको धारणा रहेको पाइन्छ ।

राजनीतिक पार्टीहरुको निर्देशनमा उम्मेदवारको चयन भएपनि जनता निर्णायक रहेको पार्टी भन्दा माथि उठेर पार्टी होइन कि जुनसुकै उम्मेदवार इमानदार छ भन्ने विश्वास लाग्छ त्यस व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउनु पर्ने धारणा जनमानसमा पनि रहेको पाइन्छ ।

सबभन्दा राम्रो जसले बचपन देखि जनताको सेवामा समर्पित रहेका छन् मर्दा जिउदा जनताका माझ उपस्थित भइरहने व्यक्तिलाई आफ्नो प्रतिनिधि छनौट गरेमा उसले आफुलाई लगाएको गुन, आफुले पाएको सम्मानको कदर गरी हमेसा हमेसाको लागि जनताका लागि जिउने र भलो गर्ने प्रयत्न गर्दथे । दोस्रो चरणमा पनि जो जनताका लागि उल्लेखनिय काम गर्न सक्छ उसैलाई मतदान गर्नुपर्ने मतदाताहरुको राय सार्वजनिक भएको देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh