ई – दिशानिर्देश

प्राविधिक, कानूनी नियमको पालना किन हुदैन ?

२७ जेष्ठ २०७४, शनिबार
प्राविधिक, कानूनी नियमको पालना किन हुदैन ?

देश कानून बेगर चल्न सक्तैन । बन्दुकको भरमा केही हद सम्म चलाउन खोजेपनि कामयाप हुदैन न भयो न भएको छ न हुनेछ । राष्ट्रको कानूनी व्यवस्थाको खिल्ली उडाउनु हुदैन । आज त्यही भई रहेको छ । त्यस्तै विकास निर्माणका कामहरु पनि हचुवाको भरमा गर्दा राजनीति असफल भए जस्तै हुनेछ । त्यसमा पनि प्राविधिक नियम कानूनलाई प्राविधिकहरुले वास्ता गरेको पाइदैन । देशका विभिन्न ठाउ“मा सडक आदि विकास निर्माणका कामहरु भई रहेका छन्, नियम विरुद्ध बढी भएका छन् ।

ग्रामीण कृषि सडकहरुमा कच्ची माटो भर्दै त्यसैमा एकै वर्षमा कालो पत्रे गर्ने तयारी देखिन थालिएको छ । माटो गिट्टी भरान गर्दा त्यस भित्र दबिन गएका घा“स, काठहरु कुहिना साथ खराब हुने गर्छन । भन्न सकिन्छ प्रशासनले नियमको पालना गर्न सकेन भने समाजको अवस्था कस्तो होला ? महेन्द्रनगर विकास समितिको क्षेत्रमा भवनहरु निर्माण भई रहेका छन् न प्राविधिक कानूनको पालना भयो न प्रशासनिक कानूनको । नक्सा पास नगराएर बजार क्षेत्रमा भवन निर्माण गर्ने नियम छैन तर गरिरहेका छन् कसले हेर्ने ? स्थानिय तहबाट रोक्न खोज्दा केन्द्रिय नेताहरुको कठोर गोप्य आदेश आउ“छ सबै फुकुवा हुन्छन् ।

हामीलाई यस्तै कुरामा शंका लागेको छ कि स्थानियमा यति सानो कामको जिम्मा दिदा नियमको पालना भएन भने पूर्ण अधिकार प्राप्त पछि के हुने हो ? महेन्द्रनगरमा अनियमित काम गरे गराएको र भईरहेको विषयमा अनविज्ञ छ, अख्तियार संग पनि कारवाही गर्ने अधिकार छैन । न्याय क्षेत्रमा मुद्दा परेको छैन । मुद्दा नपरी उसलाई पनि हेर्ने अधिकार छैन । साझा सम्पत्ति माथि भएको खेलवाडको जिम्मेवार को हो ? करोडौमा होइन अरबौमा जनताको साझा सम्पत्ति लुटिएको छ । भ्रष्टहरु मौलाएका छन्, निमुखा पहुच नभएकाहरु हेरेर बहुलाएका छन् ।

ग्रामीण स्तरका योजनाहरु भताभुङ भएका छन् । विद्यालयहरुमा भारत सरकारले बनाई दिएका विद्यालय भवनहरुको अवस्था केही हद सम्म राम्रो छ तर नेपालीहरुले आफै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुबाट निर्माण थालिएका योजनाहरुको अवस्था दयनिय रहेको छ । आ–आफ्नो क्षेत्रमा सबै पदाधिकारीहरुले इमानदारी पूर्वक नियम कानूनको पालना गरेमा अवश्य हामी अग्रगतिमा जाने छौं । नाराले मात्र हुदैन नारा केवल जनतालाई भ्रम पार्ने काममा आज सम्म प्रयोग गरिएका छन् । त्यो नै यो समाजको लागि दुःखदको विषय बन्न पुगेको छ ।

यसपाली स्थानिय निर्वाचन २०७४ ले प्रथम चरण पार गरी अषाढ १४ गते दोश्रो चरणको तयारी भइरहेको अवस्थामा जनताले सजग रही आफ्ना गाउ“ ठाउ“का सबैलाई सबैले चिनेकै हुदा राजनीतिक पार्टी भन्दा पनि जो जनताका माझ योग्य लाग्छ उसैलाई आफ्नो अगुवा छान्ने जुन सोच जनतामा रहेको छ त्यो सर्वमान्य नै देखिन्छ । यदि यसरी पार्टीगत हित भन्दा जनताको हितमा काम गर्ने विज्ञ मान्छेलाई छान्न सकेनौं भने सामाजिक कार्यशैली भताभुङ हुनेछ । जनता र सरकार बीच बैमनुश्यता फैलिनेछ । प्रत्येक गाउ“ नगरपालिकाहरुमा समेत एक अर्का प्रति दुषित भावना फैलिने हुदा पार्टी स्वार्थ भन्दा जनताको स्वार्थमा काम गर्ने सर्वश्रेष्ठ हुने भएकाले त्यस्ता व्यक्तिलाई छान्ने जनताको अठोट प्रति कृतज्ञता ज्ञापन गरेको देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh