ई – दिशानिर्देश

राष्ट्रको सम्पत्ति दुरुपयोगमा जनसहभागिता

४ असार २०७४, आईतवार
राष्ट्रको सम्पत्ति दुरुपयोगमा जनसहभागिता

देशको लागि हर कसैले चिन्ता लिनुपर्छ, समाधान सरकारले गर्नुपर्छ । देश सबैको साझा हो । त्यसैले पनि जो व्यक्ति समुह देशको विरुद्धमा जान्छ उसमाथि सामाजिक, कानूनी कारवाही हुनुपर्छ । जहा“ कारवाही गर्न कानूनको व्यवस्था छैन त्यसको कानून बनाई तुरुन्त लागु गर्नुपर्दछ ।

२०२७ सालमा राजा महेन्द्रको शुक्लाफा“टामा अन्तिम भ्रमण भएको बेला २०२७ माघमा कञ्चनपुर जिल्लामा सिचाईको लागि कुनै व्यवस्था नभएको कारणले कञ्चनपुर निवासी कर्नेल हिक्मत बहादुर विष्ट राजा महेन्द्रका सुरक्षामा साथै रहेको समयमा बनबसाको पुलमा गई राजालाई साईड देखाएको र फिर्ता भएपछि नहरको काम सुरु गर्ने कारवाही चले अनुसार गड्डाचौकी देखि भारत तर्फको जंगलमा कटानका लागि २०२८ सालमा फिल्ड सफा भएको थियो । पछि १९८४ मा डि.पी.आर. एक ब्रिटिस कम्पनीबाट तयार पारिए बमोजिम पछि निर्माण कार्य सुरु भएको हो ।

महाकाली सिचाईको प्रथम चरणको कार्यले २०४३÷४४ सालमा महेन्द्रनगर नगरपालिका क्षेत्र भित्रको ठूलो एरियामा सिञ्चित क्षेत्र रह्यो भने दोस्रो चरणमा बेलौरी बेल्डा“डी एरिया सम्म नहर पुग्यो । तेस्रो चरणको काम घाडीघाच भएर नहर गई रहेको छ ।

अरबौं खरबौंको लगानी लगाएर बनाएको नहरले किसानलाई सेवा दिदा दिदै पनि केवल कृषकहरु धान र गहु खेती बाहेक कुनै थप खेती लागेको पाइदैन । चैत्रमा गहु कटाई भएपछि अषाढ सम्म खेत बा“झो देखिन्छ । त्यसबाट राष्ट्रलाई भएको नोक्सानीको कुरा गर्दा हाम्रा युवाहरु विदेश पलायन भइसकेका मात्र होइनन् कि कोरिया लगायतका विभिन्न देशमा जान चाहने युवाहरुको भिड ५÷७ दिन पहिले हामीले देखेका छौं ।

१० हजारको लाइन श्रम मन्त्रालय र श्रम विभागमा धाइरहेका छन् । त्यो नै सबैभन्दा ठूलो प्रमाण हो । त्यसकारण नेपालमा कृषि ऐनको परिमार्जन हुनु जरुरी छ जसले सिञ्चित क्षेत्रलाई बाझो राख्छ त्यसबाट सरकारले क्षतिपूर्ति लिनुपर्छ अथवा त्यो जग्गा बाझो रहने अवधि सम्मको लागि जो कसैले पनि कमाउन पाउने व्यवस्था हुनुपर्छ । एकातर्फ दलहन तेलहन बाहिरबाट मिसावटीको रुपमा आयात गर्नु परेको छ त्यसबाट स्वास्थ्यमा पर्ने दुष्प्रभाव छदैछ । आर्थिक नोक्सानी हेर्दा अरबौ लगानीको प्रतिफल न जनताले पायो न देशले ।

यस बारेमा गम्भीर भएर नेपाल अधिराज्य भरीका बाझा खेतहरु तर्फ प्रत्येक तुलमा निगरानी गर्नुपर्ने सरकारको दायित्व थपिएको देखिन्छ । सम्पत्ति निजि भएमा वास्तवमा त्यो सम्पत्ति राष्ट्रको हो र निर्माण भएका विद्युत गृहहरु विद्युतका पोलहरु, राजमार्गहरु मेरा निजि हुन् भन्ने भावना जनतामा जगाउनु पर्ने देखिन्छ । किनभने यो सरकारी हो सरकारी साधन स्रोत साझा सम्पत्ति जसले जहा“ लुटे पनि हुन्छ भन्ने भावना सर्वत्र जनतामा विचउलेहरुले फैलाइ सकेको छ ।

त्यसकारण अशिषित अज्ञानी र बदमास जनसमूहबाट सडकमा राखिएका पुलका रेलिङहरु काटिएका छन् । लाइन बिछाइएका विद्युतका तारहरु चोरिएका छन् । अधिराज्य भरी साझा सम्पत्तिको दुरुपयोग भएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh